उपाधि गुमाएकोमा माफी चहान्छु, एन्फाले प्राथमिकतामा राख्यो नतिजा निकाल्छौं : कप्तान सुब्बा


१९ फाल्गुन २०८०, शनिबार
Anjila Tumbapo Subba

काठमाडौं : नेपाली महिला फुटबल टीमकी कप्तान एन्जिला तुम्बापो सुब्बाले अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपाली महिला फुटबललाई प्राथमिकतामा राख्न सके राम्रो नतिजा निकाल्न सक्ने बताएकी छिन् । उपाधि जित्ने अवसर गुमाएकोमा कप्तानको तर्फबाट माफी माग्दै उनले भबिष्यमा राम्रो नजिता निकाल्ने बताएकी हुन् ।

साउदी अरबमा जारी वाफ महिला च्याम्पियनसिप फुटबलमा उपविजेता भएर स्वदेश फर्केपछी सामजिक संजालमा स्टाटस लेख्दै कप्तान सुब्बाले देशलाइ ३८ वर्षपछि उपाधि नसकेपनि हार भने नमानेको उल्लेख गरेकी छिन् ।

सामजिक संजालमा लेखेकी छिन् :

Anjila Tumbapo Subba Team Nepal

पहिलो पटक उपाधि जित्ने एउटा सुनौलो अवसर थियो । त्यो अवसरलाई अन्तिम सेकेन्डमा पूरा गर्न फेरी पनि चुकेका छौं । देशलाई ३८ वर्षपछि उपाधि जिताउन पुनः असफल भयौं । तर, हार मानेका छैनौं ।

महिला फुटबललाई सरकार, परिषद् र एन्फाले नै प्राथमिकतामा राख्ने हो भने राम्रो नतिजा निकाल्न सक्छौं भन्ने यो राम्रो सन्देश हो । मसहित ६ खेलाडी भारतीय लिग र साम्बा फ्रेन्च लिगमा छ । घरेलु लिग हुने हो भने अरु खेलाडीले पनि राम्रो प्रदर्शन गर्न सक्छन् । दीपा शाही, प्रीति राईसहित नयाँ खेलाडीको उत्कृष्ट प्रदर्शनले हौसला बढाएको छ ।

कप्तान तथा गोलकिपरको रुपमा प्रमाणित गर्ने अवसर थियो । तर, भएन । त्यसको लागि क्षमाप्रार्थी छु । सबै खेलाडीको नेतृत्व गर्दै कप्तानको रुपमा सबैसँग क्षमा माग्छु । यो अवसरको लागि एन्फा अध्यक्ष ज्यूसँगै सबै पदाधिकारी, प्रशिक्षक, अफिसियल सबैलाई धन्यवाद ।

आजबाट पुनः ब्यवसायीक फुटबल सुरू भएकाे छ । भारत आईपुगेको छु । सबैको माया, सद्भाव सधै पाउनेमा आशावादी छु ।

कप्तान सुब्बाले इन्डियन वुमन्स लिग (आईडब्लुएलं) को नयाँ सिजन पनि सेथु एफसीबाट खेलिरहेकी छिन् । अघिल्लो सिजन एन्जिलाले सेथुबाट खेल्दै इन्डियन वुमन्स लिगमा डेब्यु गरेकी थिइन् । त्यस सिजन उनले क्लबको कप्तानी समेत गरेकी थिइन् ।

वुमन्स लिगमा एन्जिलाको यो दोस्रो सिजन हो । गत सिजन एन्जिलाको टोली सेथु सेमिफाइनलमा किक स्टार्टसँग पराजित भएको थियो । एन्जिलाले पहिलो सिजनमै उत्कृष्ट प्रदर्शन गर्दै ६ खेलमा ‘क्लिन सिट’ राखेकी थिइन् ।

गत सिजनका उत्कृष्ट ८ टोली आगामी सिजनको वुमन्स लिगका लागि छनोट भएको थियो । तर नयाँ सिजन ७ टोलीले मात्र प्रतिस्पर्धा गर्नेछन् । जसमा सेथुसँगै साविक विजेता गोकुलम केरला, किक स्टार्स, उडिसा एफसी, इस्ट बंगाल, होप्स एफसी र स्पोर्टस् उडिसा छन् । डबल राउण्ड रोविन लिगका आधारमा हुने लिगमा हरेक टोलीले १२ खेल खेल्नेछन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७