वहुप्रतिक्षित संघीय निजामति विधेयक संसदमा दर्ता (पूर्णपाठ)


२१ फाल्गुन २०८०, सोमबार
samsad sachiwalay.2020 04 28 09 11 23

काठमाडौँ । वहुप्रतिक्षित संघीय निजामित सेवा विधेयक २०८० प्रतिनिधिसभा सचिवालयमा दर्ता भएको छ । सरकारका तर्फबाट संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अनिता देवीले सोमबार विधेयक दर्ता गरेकी हुन् ।

निजामति सेवाको छाता ऐनका रुपमा रहेको विधेयक प्रतिनिधिसभाको अघिल्लो कार्यकालमै दर्ता भए पनि समितिमा छलफलमै रहेको अवस्थामा सरकारले फिर्ता लगेको थियो । तत्कालीन राज्य व्यवस्था तथा सुशासन समितिले ६१ वटा बैठक गरेर विधेयकलाई करिब अन्तिम रुप दिइरहेका बेला सरकारले हठात फिर्ता गरेको थियो ।

त्यसपछि पनि पटक विधेयक ल्याउने कोशिस भए पनि सरोकारवाल पक्षको चासोका कारण विधेयक सोमबार मात्रै संसदमा दर्ता भएको हो । सुरुमा राष्ट्रियसभामा सचिवालयमा दर्ता गर्ने तयारी भए पनि संसदका महासचिव पद्यप्रसाद पाण्डेसँगको परामर्शमा सामान्य प्रशासन मन्त्रालयले परिमार्जन गरेको प्रतिनिधिसभामा दर्ता गरेको हो । विधेयक संसदमा पुगे पनि सोमबार नै भएको सत्ता गठबन्धनमा आएको हेरफेरका कारण विवादमा पर्ने हो कि भन्ने शंका गर्दै सचिवालयले केही घण्टा दर्ता रोकेको थियो ।

महासचिव पाण्डेले प्रधानमन्त्री पुष्पकमल दाहालसँग टेलिफोनबाट कुरा गरेपछि उनले विधेयक दर्ता गर्न तोक लगाएको स्रोतले जानकारी दिएको छ । दर्ता भएको विधेयक आउने मन्त्री स्वामित्व नलिएको अवस्थामा पुनः फिर्ता हुने आशंका गर्दै पाण्डेले प्रधानमन्त्रीसँग परामर्श गरेका हुन् ।

‘मन्त्रिमण्डल फेरबदल भएकै बेलामा आएको विधेयकको भविष्य के होला भन्ने थियो । महासचिवले प्रधानमन्त्रीसँग कुरा गरेपछि त्यो शंका निवारण भएको छ । प्रधानमन्त्रीले मन्त्री फेरिए पनि विधेयक फिर्ता हुँदैन भनेपछि दर्ता गरेका हौँ’, स्रोतले भन्यो । यो विधेयकले निजामति सेवा ऐन २०४९ लाई प्रतिस्थापन गर्नेछ । यसले कानुनी रुप लिएसँगै प्रदेशहरुलाई पनि निजामति सेवासँग सम्बन्धित कानुन बनाउन बाटो खुल्नेछ ।
हेर्नुस् विधेयकको पूर्णपाठ

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७