फेसबुक किन भयो एक्कासी लगआउट ?


२३ फाल्गुन २०८०, बुधबार
facebook

काठमाडौँ । सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्राममा देखिएको समस्या समाधान भएको छ । गए राति ९ देखि १० बजेसम्म एक्कासी अकाउन्ट लगआउट र सेसन एक्स्पायरलगायतको समस्या देखिएको थियो । एक्कासी फेसबुक आफै लगआउट भएको थियो । फेसबुक लगआउट भएपछि लगइन गर्न खोज्दा Unable to log in ‘An unexpected error occurred.  Please try logging in againÚ भन्ने सन्देश आउने गरेको थियो ।

नेपाल र भारतलगायत विश्वका धेरै देशमा फेसबुक र इन्स्टाग्रामका एप र वेबसाइटहरू झण्डै एक घण्टा डाउन भएका थिए । मेटाका फेसबुक र इन्स्टाग्राम एप नचल्ने समस्या नेपालमा मात्र नभइ विश्वभर देखिएको प्रयोगकर्ताले ट्विटरलगायतका अन्य सामाजिक सञ्जालमा गुनासो गरेका थिए ।

सामाजिक सञ्जालमा देखिएका समस्याबारे रिपोर्ट गर्न मिल्ने डाउन डिटेक्टरमा हजारौँ प्रयोगकर्ताले यस्तो गुनासो गरे । प्रयोगकर्ताका अनुसार फेसबुक र इन्स्टाग्राम अकाउन्ट अचानक लगआउट भयो, त्यसपछि लग इन गर्ने प्रयास गर्दा त्यो सफल हुन सकेन । यस विषयमा मेटा कम्पनीले फेसबुकको मुख्यालयमै आएको प्राविधिक समस्याका कारण यस्तो भएको जनाएको छ ।

समस्या आएको केही समयपछि नै मेटाका प्रवक्ता एन्डी स्टोनले सामाजिक सञ्जाल एक्समार्फत् कम्पनीमा प्राविधिक समस्या आएको र समस्या समाधानका लागि प्रयास भइरहेको जानकारी दिएका थिए । मेटाको सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्राम अहिले चल्न थालिसकेको छ । केही समय फेसबुक बन्द हुँदा धेरैले ह्याकरले आक्रमण गरेको हुनसक्ने सम्मको अनुमान गरेका थिए । यसैबीच सामाजिक सञ्जाल एक्सका मालिक एलन मस्कले सामाजिक सञ्जाल वेबसाइट फेसबुक र इन्स्टाग्राम डाउन भएको भन्दै आलोचना गरेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७