किसानलाई दूधको पैसा भुक्तानी गर्न नसकेको दुग्ध विकास संस्थान पाँच करोड नाफामा


२६ फाल्गुन २०८०, शनिबार
ddc

काठमाडौँ । दूध उत्पादन गर्ने किसानलाई लामो समयदेखि भुक्तानी नदिएको दुग्ध विकास संस्थान (डीडीसी) ले भने चालु आर्थिक वर्षको पहिलो ६ महिनामा पाँच करोड रुपैयाँ भन्दा धेरै नाफा कमाएको छ ।

डीडीसीको प्रतिवेदन अनुसार साउनदेखि पुस मसान्तसम्ममा पाँच करोड १५ लाख पाँच हजार एक सय ९४ रुपैयाँ नाफा भएको हो । डीडीसीे ६ वर्षदेखि घाटामा रहेको थियो । डीडीसीले साउनदेखि पुससम्ममा एक अर्ब ९४ करोड ४९ लाख आम्दानी र एक अर्ब ८८ करोड ७७ लाख रुपियाँ खर्च गरेको छ ।

डीडीसीका महाप्रबन्धक सञ्जीव झाले बितेको छ महिनाको हिसाब निकाल्दा पाँच करोड नाफामा रहेको तर त्यो नगदमा नआएको जानकारी दिएका छन् । उउत्पादन गरिएको दुग्धजन्य पदार्थ मौज्दात रहेका कारण नगद नआएको तर चैतदेखि सुक्खा सिजन शुरु हुने भएकाले त्यसपछि मौज्दात बिक्री भएर नाफा नगदमा प्राप्त हुने बताए ।

झाका अनुसार अहिले डीडीसीसँग एक अर्ब रुपैयाँ बराबरको दुग्धजन्य पदार्थ मौज्दात छ । किसानलाई पनि झण्डै एक अर्ब रुपैयाँ नै भुक्तानी गर्न बाँकी छ । मौज्दात बिक्री भएपछि किसानलाई भुक्तानी दिन समस्या नहुने उनले बताए । किसानलाई भुक्तानी गर्न सरकारले ३० करोड रुपियाँ सहुलियत ऋण उपलब्ध गराएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७