त्रिकोणात्मक श्रृङ्खला : नेपालले आज पहिलो खेल हङकङसँग खेल्ने


२७ फाल्गुन २०८०, आईतवार
Cricket Team nepal
फाइल फोटो

काठमाडौं । त्रिकोणात्मक श्रृङ्खलामा नेपालले आज (आइतबार) पहिलो खेलमा हङकङसँग खेल्दैछ । खेल हङकङको मिसन रोड ग्राउण्डमा बिहान सवा ११ बजे शुरु हुने जनाइएको छ ।

नेपालले भोलि (सोमबार) पवुवा न्युगिनीसँग दोस्रो खेल खेल्ने छ । मंगलबार श्रृङ्खलाको फाइनल खेल हुनेछ । आईसीसी टी–२० विश्वकप क्रिकेटको तयारीका लागि नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीले हङकङको भ्रमण गरेको नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ ।

यसअघि शनिबारे हङकङसँगको मैत्रिपूर्ण टी–२० आई क्रिकेटमा नेपाल ७३ रनले पराजित भएको छ । बिहीबार हङकङ गएको नेपालीटोलीमा रोहितकुमार पौडेल, कुशल भुर्तेल, विनोद भण्डारी, गुलशन झा, सन्दीप जोरा, आरिफ शेख, विवेक यादव, राशिद खान, करण केसी, सागर ढकाल, प्रतिश जिसी, लोकेश बम, आकाश चन्द र अविनाश बोहोरा छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७