होटलमा मृत भेटिएकी युवती खुश्बुको कपडा च्यातिएको भेटियो, सँगै बसेका दुई युवक अझै भेटिएनन्


२९ फाल्गुन २०८०, मंगलवार
khushbu sunar

जनकपुर । जनकपुरधामस्थित सिटी स्टार फेमिली होटलमा मृत भेटिएकी ३० वर्षीया खुश्बु सुनार नेपालीको हत्या भएको आशंकामा प्रहरीले अनुसन्धान तीब्र बनाएको छ । उनले लगाएको कपडा समेत च्यातिएको पाइएकाले बलात्कारपछि हत्या भएको हुनसक्ने आशंका गरिएको छ ।

khusakhu

होटल परिसरबाट प्रहरीले भारतीय नम्बर प्लेट बीआर ४३–१६३९ को मोटरसाइकल बरामद गरेको छ । सोमबार बेलुका खुश्बुसहित उनकी एक साथी र उनीहरूसँग दुई युवक होटलमा सँगै प्रवेश गरेको होटल सञ्चालक सन्तोष साहले प्रहरीलाई जानकारी दिएका छन् । तर, उनीहरूले छुट्टाछुट्टै कोठा लिएको जनाइएको छ । महिलाहरूले एउटा कोठा र पुरुषहरूले अर्को कोठा लिएको साहले जानकारी दिएका छन् ।

hotel city

महिलाहरू बसेको १०१ नम्बर कोठामा बिहान खुश्बु अचेत अवस्थामा भेटिकी थिइन् । लगत्तै उनलाई जनकपुर प्रादेशिक अस्पताल लगिएको थियो । पछि डाक्टरले उनलाई मृत घोषणा गरेका थिए । प्रहरीले घटना लगतै फरार दुई युवकको खोजी तीब्र बनाएको छ । तर अहिलेसम्म उनीहरुको पत्तो लागेको छैन । आफूले थाहा भएसम्म दुवै केटाको विवरण पुलिसलाई दिएको होटल सञ्चालक साहले बताएका छन् । यही घटनापछि होटलका केही कर्मचारी पनि फरार भएको बताइएको छ । मृतक युवती धनुषाको महेन्द्रनगरस्थित आफन्तकोमा बस्दै आएकी थिइन् । उनका छोरा र छोरी छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७