कोशी सरकार जोगाउने कसरतमा कांग्रेस, मुख्यमन्त्री कार्कीसहितका नेता देउवा निवासमा


१ चैत्र २०८०, बिहीबार
kedar karki 1

काठमाडौं । नयाँ सत्ता गठबन्धन बनेसँगै संकटमा परेको प्रदेश सरकार जोगाउन नेपाली कांग्रेसले आन्तरिक छलफल थालेको छ । आज (बिहीबार) बिहान पार्टी सभापति शेरबहादुर देउवा निवास बूढानिलकण्ठमा कोशी प्रदेश सरकार कसरी जोगाउने भन्ने बारेमा छलफल गरिएको एक नेताले जानकारी दिएका छन् ।

देउवाले उपसभापति, महामन्त्री, प्रमुख सचेतक र कोशी प्रदेश सरकारका मुख्यमन्त्री केदार कार्कीसँग छलफल गरेका हुन् । ९३ सदस्यीय कोशी प्रदेशसभामा सरकार बनाउन ४७ सांसद आवश्यक पर्छ । नयाँ सत्ता गठबन्धनमा रहेका एमालेसँग ४०, माओवादीसँग १३, एकीकृत समाजवादीसँग ४ र जसपासँग १ गरी जम्मा ५८ सांसद छन् । त्यसैले कोशीमा एमाले–माओवादीसहितको गठबन्धनको सरकार सजिलै बन्नसक्छ । कोशी प्रदेशसभामा कांग्रेससँग २९ र राप्रपाका ६ गरी जम्मा ३५ सांसद छन् ।

सरकार गठनको अन्तिम विकल्प संविधानको धारा १६८ (५) अनुसार केदार कार्की २७ असोजमा कांग्रेसका ८ र नेकपा एमालेका ३९ सांसदको समर्थनमा मुख्यमन्त्री बनेका थिए । उनले १ कात्तिकमा विश्वासको मत लिँदा राप्रपाका ६ सांसद बाहेक नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टी (जसपा)का सांसदहरुले विश्वासको मत दिएका थिए । उनीहरुको विश्वासको मत अहिले पनि कायमै छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७