सुन तस्करीमा संलग्नलाई उन्मुक्ति दिनेलाई पनि कानुनी दायरामा ल्याउँछु : गृहमन्त्री लामिछाने


१ चैत्र २०८०, बिहीबार
Rabi lamichhane 4
फाइल फोटो

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले विगतमा सुन तस्करीमा संलग्नलाई उन्मुक्ति दिन सहयोग गर्नेहरुलाई पनि कानुनी दायरामा ल्याएर कारबाही गर्ने प्रतिबद्धता जनाएका छन् ।

सुनको अवैध पैठारी (तस्करी) नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगले तयार पारेको प्रतिवेदन बिहीबार बुझेपछि उनले यस्तो प्रतिबद्धता जनाएका हुन् । ‘ जुनसुकै खालको कमजोरी गर्ने निकाय र व्यक्तिविरुद्ध कारबाही हुन्छ’, गृहमन्त्री लामिछानेले भने, ‘विगतमा उन्मुक्ति दिन सहयोग गर्नेलाई पनि कानुन मातहत ल्याइनेछ ।’

आयोगले बिहीबार गृहमन्त्री लामिछानेलाई ४८५ पृष्ठ लामो प्रतिवेदन बुझाएको थियो । प्रतिवेदनमा १३ अनुच्छेद र ९ अनुसूची रहेका छन् । नौ भन्सार नाकाको स्थलगत अनुगमन, ६८ व्यक्तिसँगको बयान र ६१ विज्ञसँगको परामर्शका आधारमा प्रतिवेदन तयार पारिएको थियो ।

मुद्दा चलाउन सिफारिस, विभागीय कारबाही, सीडीआर÷डीएफएलमा नियमित देखिएका व्यक्तिको सूची र निर्दोष देखिएका व्यक्तिको नामावली प्रतिवेदनमा समावेश गरिएको छ । ‘प्रतिवेदनमा दिइएका सुझावको कार्यान्वयन गरिनेछ । दोषीलाई कारबाही र सुधारका लागि सुझाइएका उपायको कार्यान्वयन गरिनेछ’, प्रतिवेदन बुझ्दै उपप्रधान एवं गृहमन्त्रीले बताए । आफूलाई लागेको कुरा लिखित रूपमा आयोगलाई पठाएको जनाउँदै मन्त्री लामिछानेले सुनको अवैध तस्करी नियन्त्रणमा प्रतिवेदनले सहयोग गर्ने बताए । प्रतिवेदन कार्यान्वयनको चुनौती आफैले सामना गर्ने उनले जनाए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७