राप्रपा नेपालको प्रदर्शनमा प्रहरीद्वारा लाठीचार्ज, सवारी आवागमन अस्तव्यस्त


१ चैत्र २०८०, बिहीबार
rpp

काठमाडौं । राप्रपा नेपालको बृहत दबाबमूलक प्रदर्शनमा प्रहरीले लाठीचार्ज गरेको छ । आज (बिहीबार) कमल थापा नेतृत्वको र्‍यालीमा सहभागी नेता–कार्यकर्ता र प्रहरीबीच सुन्धारामा ठेलमठेल हुँदा झडपको स्थिति सिर्जना भएको हो । प्रदर्शनका कारण सवारी आवागमनमा अस्तव्यस्त बनेको छ ।

सुन्धारा हुँदै लगनखेलसम्म जाने सवारी साधनहरूलाई रत्नपार्कबाट डाइभर्ट गरिएको छ । प्रहरीले प्रदर्शनकारीहरूलाई एक लेन मिलाएर हिँड्न आग्रह गरे पनि र्‍यालीमा सहभागीहरूले दुई लेनबाटै अगाडि बढ्न खोजेपछि झडपको अवस्था आएको हो । हिन्दू राष्ट्र र राजसंस्था पुनर्स्थापना, प्रदेश संरचना खारेज, भ्रष्टाचार अन्त्यलगायतका मागसहित राप्रपा नेपालले काठमाडौँमा दबाबमूलक प्रदर्शन सुरु गरेको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७