टिकटक र फेसबुकलाइ पछि पार्दै इन्स्ट्राग्राम बन्यो विश्वको नम्बर–१ एप


२ चैत्र २०८०, शुक्रबार
insta

काठमाडौं । विश्वको नम्बर–१ एपको सन्दर्भमा, मानिसहरू प्रायः फेसबुक वा टिकटक पहिलो स्थानमा होला भन्ने सोच्छन्, तर त्यस्तो होइन । अब इन्स्टाग्रामले यी दुवै एपलाई उछिनेर पहिलो नम्बरमा पुगेको छ । खासमा, केही देशहरूमा टिकटक प्रतिबन्धित हुँदा इन्स्टाग्रामलाई फाइदा भएको हो । यस बाहेक टिकटक पछि पर्नुमा अन्य केही कारणहरू छन् ।

सेन्सर टावरको रिपोर्ट अनुसार विश्वमा इन्स्टाग्रामको डाउनलोड २० प्रतिशतले बढेको छ । सन् २०२३ मा इन्स्टाग्राम एप ७६ करोड ७० लाख पटक डाउनलोड भएको थियो, जुन अघिल्लो वर्ष अर्थात २०२२ को तुलनामा २० प्रतिशत बढी हो । टिकटकको बारेमा कुरा गर्दा यो ७३.३ करोड पटक डाउनलोड गरिएको थियो । यो चिनियाँ एप भारतमा प्रतिबन्धित छ भने अमेरिकामा प्रतिबन्ध लगाउने तयारी भइरहेको छ ।

इन्स्टाग्रामको लोकप्रियता २०२० बाट बढेको छ किनकि रिल्स यसै वर्ष लन्च गरिएको थियो । मानिसहरूको भिडियोको क्रेज पछि मात्र इन्स्टाग्राम रिल्स लन्च गरिएको हो । इन्स्टाग्राम रिल्स एक सुविधा हो, जसमा प्रयोगकर्ताहरूले छोटो क्लिपहरू सिर्जना गरेर यस प्लेटफर्ममा भिडियोहरू साझेदारी गर्न सक्छन् । इन्स्टाग्रामको रिल्स फिचर युवा पुस्तामा सबैभन्दा लोकप्रिय छ । युवा युवतीले विभिन्न विषयमा भिडियो बनाएर इन्स्टाग्राममा सेयर गर्ने गरेका छन् । यो इन्स्टाग्राम एपको बढ्दो लोकप्रियताको प्रमुख कारण भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

डाउनलोडको मामिलामा इन्स्टाग्राम विश्वको नम्बर १ एप बन्न सक्छ तर समय बिताउने हिसाबले टिकटक अझै अगाडि छ । गत वर्षको तथ्याङ्कले देखाउँछ कि प्रयोगकर्ताहरूले टिकटकमा औसत ९५ मिनेट खर्च गरेका थिए जबकि इन्स्टाग्राममा यो समय ६२ मिनेट थियो । यस बाहेक प्रयोगकर्ताहरूले ट्विटरमा ३० मिनेट र स्न्यापच्याटमा १९ मिनेट बिताएको तथ्यांकले देखाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७