दलाई लामालाई पूर्वराष्ट्रपति यादवसँग भेटाउने तयारी

काठमाडाैं, २३ जेठ । पूर्वराष्ट्रपति रामवरण यादवलाई अमेरिकाको सिकागोमा आयोजना हुने विश्व हिन्दूसभामा बोलाउन केही हिन्दूवादी संगठनका नेताहरुले प्रयास गरिरहेका छन् । गणतन्त्र हिन्दू राष्ट्रका राष्ट्रप्रमुखका हैसियतमा डा। यादवले प्रदर्शन गरेको भूमिकालाई कदर गर्नुपर्ने अवधारणासहित उनीहरुले आयोजकसमक्ष लविङ गरिरहेको स्रोतलाई उद्धृत गरेकाे छ । अाजकाे कारोबार दैनिकमा समाचार छ ।
हरेक ४ वर्षमा आयोजना हुने विश्व हिन्दू सभा यो वर्ष सवा सय वर्षअघि साधु स्वामी विवेकानन्दले विश्व धर्म संसदलाई गरेको ऐतिहासिक सम्बोधनको स्मृतिमा सिकागोमा आयोजना गर्न लागिएको हो ।
कारोबारका अनुसार यो सभामा तिब्बती धर्मगुरु दलाई लामा, राष्ट्रिय स्वयसेवक संघका प्रमुख मोहन भागवत, भारत उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ, हलिउड स्टार रिचार्ड गेरेलगायतलाई निम्तो गरिएको र निम्तो गरिएकाहरुको तर्फबाट सहभागिताको सुनिश्चितता खोजिएको छ ।