१०० करोड कमाउने पहिलो हरर फिल्म बन्यो ‘शैतान’


७ चैत्र २०८०, बुधबार
Capture.JPG 2104

मुम्बई । अजय देवगन बलिउडका सबैभन्दा प्रतिभाशाली अभिनेतामध्ये एक हुन् । अजयले आफ्नो करियरमा अहिलेसम्म धेरै किसिमका क्यारेक्टरमा देखा परेका छन र धेरै ब्लकबस्टर फिल्म दिएका छन् ।

जसका कारण पनि उनका फ्यानहरू अजयको अभिनयका लागि पागल छन् र उनको हरेक फिल्मको उत्सुकतापूर्वक प्रतीक्षा गर्छन् । हाल अजयले आफ्नो भर्खरै रिलिज भएको फिल्म ‘शैतान’ बाट बक्स अफिसमा तहल्का मच्चाइरहेका छन् । यो अलौकिक फिल्मले तुफान गतिमा कलेक्सन गरेको छ र योसँगै अजयको नाममा दुई रेकर्ड पनि कायम भएको छ ।

अजय देवगनको फिल्म ‘शैतान’ मार्च ८ मा सिनेमाघरमा रिलिज भएको थियो । फिल्मको ट्रेलर सार्वजनिक भएदेखि नै फ्यानहरु फिल्मको प्रतिक्षामा थिए । जब यो हरर थ्रिलर थिएटरमा पुग्यो, दर्शकको भीड यसलाई हेर्न जम्मा भयो । ‘शैतान’ ले समीक्षकबाट मात्रै होइन, दर्शकबाट पनि निकै सकारात्मक प्रतिक्रिया पाइरहेको छ ।

गुजराती फिल्म ‘वश’ को हिन्दी रिमेक ‘शैतान’ मा अजय देवगनबाहेक आर माधवन, ज्योतिका र जानकी बडीवालाले महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् । यो फिल्मको कथाले दर्शकलाई रुचाएको छ । योसँगै यो फिल्मले १० दिनमा १०० करोडको आँकडा पार गरेर चमत्कार गरेको छ ।

सिद्धार्थ मल्होत्राको ‘योधा’ र अदा शर्माको ‘बस्तर द नक्सल स्टोरी’ जस्ता नयाँ फिल्मबाट ‘शैतान’ले बक्स अफिसमा प्रतिस्पर्धा पनि गरिरहेको छ तर पनि यसले अन्धाधुन्ध पैसा छापिरहेको छ । सैकनिल्कको रिपोर्ट अनुसार, ‘शैतान’ ले रिलिजको ११ औं दिनमा ३ करोड कमाएको थियो भने योसँगै ११ दिनको घरेलु बजार कलेक्सन १०६.०५ करोड पुगेको छ । वास्तवमा सन् २०१० यता बनेका सबै हरर विधाका फिल्म मध्ये ‘शैतान’ सबैभन्दा धेरै कलेक्सन गर्ने फिल्मसमेत बनेको छ । यो सूचीमा ‘राज ३’ दोस्रो स्थानमा छ । यसले ७० करोड रुपैयाँ कमाएको थियो ।

जहाँ ‘रागिनी एमएमएस’ यो सूचीमा तेस्रो नम्बरमा छ । यो फिल्मले ४६/७८ करोडको व्यापार गरेको छ । ‘शैतान’ लाई विकास बहलले निर्देशन गरेका हुन् । चलचित्र दुष्ट शक्तिको चंगुलबाट आफ्नी छोरीलाई बचाउने बाबुको वरिपरि घुम्छ । ‘दृश्यम २’ पछि अजय देवगनले यो फिल्ममा फेरि एकपटक पारिवारिक पुरुषको भूमिकामा कमब्याक गरेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७