इमरान हाशमीका तीन खराब क्षण, जो उनी कहिल्यै भुल्न सक्दैनन्


१२ चैत्र २०८०, सोमबार
imran hasmi

मुम्बइ । बलिउडमा ‘सिरियल किसर’ को उपमा पाएका इमरान हाशमीले भर्खरै ४५ औं जन्मदिन मनाए । टाइगर–३ मा खलनायकको भूमिका निभएका इमरान हाशमीले तेलुगु फिल्म ओजीमा पनि खलनायकको भूमिका निभाएको जनाइएको छ । टाइगर–३ को सफलतासँगै इमरानको ब्यस्तता बढेको छ ।

इमरानसँग हाल २ ठूला तेलुगु फिल्म छन् । ती हुन ओजी र जी २ । फिल्म ओजी एक एक्सन ड्रामा फिल्म हो, जसलाई सुजित रेड्डीले निर्देशन गर्दैछन् । फिल्ममा पवन कल्याण र इमरान हाशमी मुख्य भूमिकामा छन् । २०० करोडको लागतमा बनिरहेको यो फिल्म २७ सेप्टेम्बर २०२४ मा सिनेमाघरमा रिलिज हुनेछ ।

अर्कोतर्फ, इमरान हाशमी फिल्म जी २ मा देखिने छन् । यो स्पाइ एक्सन थ्रिलर फिल्ममा उनीसँगै अदिवी शेष पनि देखिने छन् । यो सन् २०१८ मा रिलिज भएको फिल्म गुडाचरीको सिक्वेल हो । तर, बजेट र रिलिज मितिबारे भने अझै केही खुलाइएको छैन ।

तर, यिनै इमरानको जीवनमा भने धेरै कठिनाइ परेको थियो भन्ने कुरा कमैलाई थाहा हुन सक्छ । पहिलो त बिपाशाले आफ्नो कम उचाइका कारण इमरानसँग काम गर्न अस्वीकार गरेकी थिइन् । इमरान हाशमीलाई यसअघि २०११ मा आएको फिल्म ‘मर्डर २’ मा पनि कास्ट गरिएको थियो । निर्माताले यसअघि बिपाशा बसुलाई उनको अपोजिटमा राख्ने योजना बनाएका थिए तर बिपाशाले उक्त प्रस्ताव अस्वीकार गरिन् । उनले छोटो उचाइको कलाकारसँग पर्दामा रोमान्टिक दृश्य गर्न नचाहेको बताइकी थिइन् ।

यसबाट इमरानलाई गहिरो चोट लागेको थियो । त्यसपछि उनको अनुरोधमा निर्माताहरूले ज्याकलिन फर्नान्डेजलाई कास्ट गरे । यो फिल्म बक्स अफिसमा हिट साबित भयो । तर, केही समयपछि भने इमरानको बढ्दो स्टारडम देखेर बिपाशा उनीसँग फिल्म राज–३ मा काम गर्न राजी भइन् ।

उता, कफी विथ करण च्याट शोमा इमरान हाशमीलाई कुन अभिनेत्री प्लास्टिक जस्तो देखिन्छ भनेर सोधिएको थियो । यसको जवाफमा इमरानले ऐश्वर्या रायको नाम लिएका थिए । केही समयपछि ऐश्वर्याले यस घटनालाई लिएर प्रश्न गरेकी थिइन् । जब ऐश्वर्यालाई २०१७ को फिल्म बादशाहोमा भूमिकाको प्रस्ताव आयो, उनले इमरानसँग काम गर्न अस्वीकार गरिन् ।

खराब अभिनयका कारण फिल्मबाट हटाइएको घटना पनि उनको जीवनमा घटेको थियो । एक्टिङ कोर्स पूरा गर्नु अघि इमरानलाई विशेष फिलिम्स प्रोडक्सन हाउसको फिल्म ‘ये जिंदगी का सफर’ अफर गरिएको थियो । इमरानले यो फिल्ममा केही दिन काम गरे पनि खराब अभिनय र खराब व्यवहारका कारण उनी बाहिरिएका थिए । पछि उनको ठाउँमा जिमी शेरगिललाई कास्ट गरिएको थियो । यी तीन खराब क्षणलाई उनले जीवनमा कहिल्यै भुल्न नसक्ने बताउने गरेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७