प्रेमिकाले फालेकी थिइन् अनुपम खेरको अनुहारमा चाउचाउ


१२ चैत्र २०८०, सोमबार
Anupam kher

मुम्बइ । बलिउडका दिग्गज अभिनेता अनुपम खेर आफ्नो निरन्तर अभिनयका लागि परिचित छन् । कमेडीदेखि नेगेटिभ सबै किसिमका पात्रमा उनले आफूलाई प्रमाणित गरेका छन् ।

सन् १९८४ मा रिलिज भएको फिल्म सारांश उनको पहिलो सफल फिल्म थियो । तर, समयसँगै अनुपमले फरक–फरक पात्रमा देखा पर्दै दर्शकलाई दिग्गज कलाकार भनेको के हो ? भनेर देखाइसकेका छन् । यी दिग्गज अभिनेताले एक पटक आफ्नो व्यक्तिगत जीवनमा एक समय यस्तो असफलता देखे, जब उनले भिक्षु बन्ने सोच्न थाले । आफ्नो पोडकास्ट शो अनुपम केयरमा अनुपम खेरले आफ्नो एक प्रेमिकाको कारणले गर्दा सानै उमेरमा उनलाई यस्तो भावनात्मक झटका लागेको बताए कि उनले भिक्षु बन्ने सोच्न थालेका थिए । मनको शान्तिका लागि आश्रम जानुपरेको थियो । यो कथा अनुपम खेर आफैले सुनाएका थिए ।

अनुपमले आफू एउटी युवतीलाई डेट गरिरहेको बताए, उनको नाम राधा थियो । एकपटक डेटिङको क्रममा राधाको छेउमा तीन जना केटीहरू बसिरहेका थिए, जो उनलाई हेरेर हाँसेका थिए । त्यसमा राधालाई अनुपमको उनीहरुमध्ये एकसँग अफेयर रहेको महसुस भयो । यस्तो अवस्थामा राधा क्रोधित भइन् र ती केटीहरूको टेबुल नजिक पुगिन् र त्यहाँ उभिएर अनुपमलाई भनिन् कि ‘तिम्रो प्रेमिका को हो ? भन ।’ यसपछि राधा क्रोधित भइन् र उनको टाउकोमा चाउचाउको थाली पल्टाइदिइन् । अनुपमले सो घटना सम्झँदा पनि निकै अनौठो लाग्ने गरेको समेत बताएका थिए । उनले भने, ‘उनले फालेको चाउचाउ मेरो टाउकोमा झुण्डिएको थियो ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७