चीनको नियन्त्रणमा रहेका दक्षिण कोरियाली फुटबलर १० महिनापछि रिहा


१३ चैत्र २०८०, मंगलवार
Capture.JPG 2144

सियोल । चीनले १० महिनापछि एक दक्षिण कोरियाली फुटबलरलाई रिहा गरेको छ । घुस लिएको आरोपमा चिनियाँ अधिकारीहरूले पक्राउ गरेका दक्षिण कोरियाली अन्तर्राष्ट्रिय फुटबलर सन जुन–होलाई हालै रिहा गरेको हो । चीनले १० महिनापछि रिहा गरेका फुटबलर होलाई स्वदेश फर्किएको दक्षिण कोरियाको विदेश मन्त्रालयले जनाएको छ ।

मिडफिल्डरलाई गत मेमा चीनमा गैरराज्यका कर्मचारीहरूबाट घुस लिएको आशंकामा पक्राउ गरिएको थियो । तर, उनको प्रकाउका बारेमा यो भन्दा बढी चिनियाँ सरकारले विवरणहरू भने उपलब्ध गराएको थिएन ।

‘१० महिनापछि फुटबलर सन हालै दक्षिण कोरिया आइपुगेको कारण उसको हिरासत समाप्त भयो,’ दक्षिण कोरियाली विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘हाम्रो सरकारले सनको परिवारसँग घनिष्ठ सञ्चारमार्फत सक्रिय कानुनी सहायता प्रदान गरेको थियो ।’ तर, बिदेश मन्त्रालयले उनी कहिले स्वदेश फर्किए वा उनीमाथि लागेको आरोप प्रमाणित भए नभएको भने कुनै जानकारी दिएको छैन । कोरिया फुटबल संघले पनि सनको रिहाइको पुष्टि गर्दै ३१ वर्षीय फुटबलर सोमबार फर्किएको जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७