सुटुक्क गरिन् बलिउड हिरोइन तपसी पन्नुले बिवाह


१३ चैत्र २०८०, मंगलवार
Capture.JPG 2145

मुम्बइ । बलिउड अभिनेत्री तापसी पन्नुले बिवाह गरेकी छिन् । एनडिटिभीमा प्रकाशित समाचार अनुसारले उनले गत मार्च २३ मा आफ्ना प्रेमी र ब्याडमिन्टन खेलाडी मथियास बोसँग विवाह गरेकी हुन् ।

सो विवाह उत्सब उदयपुरमा भएको थियो र जसमा निकै घनिष्टहरूको उपस्थिति रहेको थियो । पूर्व विवाह उत्सव भने मार्च २० वाट सुरू भएको जनाइएको छ । विवाहको खबरका बीच तापसी र मथियासको विवाह स्थलमा निर्माता–लेखिका कनिका ढिल्लन र अभिनेत्री पावेल गुलाटीको तस्बिर सार्वजनिक भएको छ ।

रेडिटमा केही व्यक्तिहरूले तापसीकी बहिनी सगुन पन्नुको उदयपुरमा भएको विवाहको तस्विर पनि शेयर गरेका छन् । तस्विरमा तापसीसँग उन कोस्टार पावेल पनि थिए । समाचार अनुसार धेरै बलिउड सेलिब्रेटीहरू तापसीको विशेष दिनको हिस्सा थिएनन् । एक स्रोतलाई उद्धृत गर्दै भनिएको छ, ‘तापसीको ‘दोबारा थप्पड’ का सह–कलाकारहरू पावेल गुलाटी उनको र मथियासको विवाहमा पाहुनाहरूसँग सामेल भए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७