नेपालले आज बहराइनको सामना गर्दै, को–को छन् टिममा ?


१३ चैत्र २०८०, मंगलवार
anfa.jpg 9

काठमाडौँ । फिफा विश्वकप तथा एएफसी एसियन कप छनोटअन्तर्गतनेपालले आज बहराइनसँग खेल्दै छ । बहराइनको राष्ट्रिय रङ्गशालामा हुने यो खेल नेपाली समय अनुसार आज राति १२ः ४५ बजेदेखि सुरु हुनेछ ।

विश्वकप छनौट अन्तर्गत नेपालले अहिलेसम्म खेलेका तिनै खेलमा हार बेहोरेको छ । नेपालले पहिलो खेलमा युएईसँग ४–२ , यमनसँग २–० र बहराइनसँग ५–० गोल अन्तरले पराजित भएको थियो । नेपाल विश्वकप छनौटमा समूह ‘एच’मा रहेको छ । नेपालको ससमूहमा बहराइन, यमन र संयुक्त अरब इरिमेट्स छन् । यस समूहमा युएई ९ अंकसहित शीर्ष स्थानमा छ भने बहराइन ६ अंकसहित दोस्रो र यमन ३ अंकसहित तेस्रो स्थानमा छ । त्यस्तै नेपाल भने अंकविहिन हुँदै पुछारमा रहेको छ ।

नेपाली टोलीमा गोलकिपर किरण चेम्जोङसहित विशाल सुनार र अभिषेक राई छन् । त्यसैगरी डिफेन्डरमा अभिषेख लिम्बु, अनन्त तामाङ, छिरिङ लामा, अजय चौधरी, शनिस श्रेष्ठ, सौभाग्य राई र सुमित श्रेष्ठ छन् । त्यस्तै मिडफिल्डरमा भरत खवास, विशाल बस्नेत, लाकेन लिम्बु, मणिकुमार लामा, मनिष डाँगी, रोहन कार्की र उत्सव राई छन् भने फरवार्डमा अन्जन विष्ट, दीनेश हेन्जन, समिर तामाङ, सञ्जिव विष्ट, हिसुब थपलिया र जिलेस्पीजङ्ग कार्की छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७