नेपाली महिला क्रिकेट टिमले एशिया कप खेल्ने


१३ चैत्र २०८०, मंगलवार
Woman Cricket.jpg 1

काठमाडौँ । नेपाली महिला क्रिकेट टिम एशिया कप खेल्ने भएको छ । मंगलबार एसियाली क्रिकेट काउन्सिल (एसीसी) ले आगामी महिला एसिया कप २०२४ को घोषणा गरेको छ । जसमा नेपाललाई समावेश गरेको छ ।

महिला एशिया कप जुलाई १९ देखि जुलाई २८, २०२४ सम्म श्रीलंकाको डाम्बुलामा हुने तय भएको छ । प्रतियोगिताको यो संस्करण आठ देश सहभागी हुनेछन् । भारत, पाकिस्तान, श्रीलंका र बंगलादेशसहित एसीसीले महिला प्रिमियर कप २०२४ को सेमिफाइनल पुग्ने युएई, मलेसिया, नेपाल र थाइल्याण्डलाई एशिया कप खेल्न दिने निर्णय गरको हो ।

एसीसीले क्रिकेटमा समावेशीता र समानताका लागि महिला एसिया कप २०२४ ले सबै महिला रेफ्री र अम्पायरहरू हुने परम्परालाई निरन्तरता दिने बताएको छ । एशिया कपमा नेपाल समूह ‘ए’ मा रहेको छ । नेपाल भारत, पाकिस्तान र युएईसँगै समूह ‘ए’ मा रहेको छ भने समूह ‘बी’ मा बंगलादेश, श्रीलंका, मलेसिया र थाइल्याण्ड रहेका छन् । नेपालले आफ्नो पहिलो खेल एसियाकपको उदघाटनकै दिन जुलाई १९ मा पाकिस्तानविरुद्ध खेल्ने छ भने दोस्रो खेल जुलाई २१ मा युएईविरुद्ध र तेस्रो खेल जुलाई २३ मा भारतविरुद्ध खेल्ने तालिका एसीसीले सार्बजनिक गरेको छ ।

asia.jpg

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७