ब्राजिल र स्पेनबीचको मैत्रीपूर्ण खेल बराबरीमा रोकियो


१४ चैत्र २०८०, बुधबार
Spain.jpg

काठमाडौँ । ब्राजिल र स्पेनबीचको मैत्रीपूर्ण खेल बराबरीमा रोकिएको छ । गए राति सम्पन्न खेल ३–३ गोलको बराबरीमा रोकिएको हो । ब्राजिलका लागि लुकास पाक्वेटाले खेलको ९६औं मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै ब्राजिललाई हारबाट बचाएका थिए ।

यसअघि ब्राजिलका लागि रोड्रीगो र युवा खेलाडी एनड्रिकले एक–एक गोल गरेका थिए । त्यसैगरी स्पेनका लागि रोड्रीले पेनाल्टीमार्फत दुई गोल गरेका थिए भने डानी ओल्मोले एक गोल गरेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७