रञ्जिताले डाकेको नाउपाको बैठक सुरु, रेशम पक्षको ‘बहिष्कार’


१४ चैत्र २०८०, बुधबार
Resham ranjita 1

कैलाली । नागरिक उन्मुक्ति पार्टीको केन्द्रीय समिति बैठक कैलाली टीकापुरमा सुरु भएको छ । पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीको अध्यक्षतामा वैठक सुरु भएको हो । बैठकमा २१ मध्ये १२ जनाको उपस्थिति रहेको एक केन्द्रीय सदस्यले जानकारी दिएका छन् ।

नाउपा संरक्षक रेशम चौधरी जापान भ्रमणमा छन् । रेशम नभए पनि बैठकमा पार्टीका उनको पक्षका उपस्थित छैनन् । पार्टीको संगठन विभाग प्रमुख समेत रहेका सुदूरपश्चिम प्रदेशका बिना विभागीय मन्त्री लक्ष्मण किशोर चौधरी भने बैठकमा सहभागी रहेको उनका स्वकीय सचिव चम्मन चौधरीले जानकारी दिएका छन् । उनी पार्टीमा फरक मत राख्ने नेतामा पर्छन् ।

बैठकमा सरकारमा सहभागिताका बारेमा छलफल भइरहेको छ । सरकारमा सहभागिताका सवालमा पार्टीभित्र दुई धार देखिएको छ । अध्यक्ष श्रेष्ठ चौधरी संघीय सरकारको गठबन्धनका पक्षमा छिन् भने संरक्षक चौधरी विपक्षमा । संरक्षक चौधरीले सुदूरपश्चिम प्रदेशमा काँग्रेस नेतृत्वको सरकारलाई समर्थन गरेका छन् । उनकै सल्लाहमा पार्टीका तर्फबाट पाँच जना मन्त्री समेत भएका छन् ।

संघ र सुदूरपश्चिम प्रदेशमा फरक–फरक गठबन्धन भएपछि नाउपाभित्र विवाद बढेको छ । अध्यक्ष रञ्जितालाई कुनै एक गठबन्धन छोड्नुपर्ने बाध्यता छ । संघीय सरकारसँगको गठबन्धन तोड्दा सुदूरपश्चिम प्रदेश बाहेकका सबै ठाउँमा प्रतिपक्षमा बस्नु पर्नेछ भने सुदूरपश्चिम प्रदेशमा सत्ताबाट बाहिरिनु पर्नेछ । सुदूरपश्चिम प्रदेशमा रहेका सात मध्ये पाँच सांसदहरूले काँग्रेस नेतृत्वको गठबन्धनलाई निरन्तरता दिन दबाब दिईरहेका छन् । सुदूरपश्चिम प्रदेशमा नागरिक उन्मुक्ति सरकार निर्माणका लागि निर्णायक छ । उसका ७ सहित प्रदेशमा काँग्रेसका १८, एमालेका १०, माओवादीका सभामुख सहित ११, एकीकृत समाजवादीका ४, राप्रपा १ र स्वतन्त्र १ सांसद छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७