कांग्रेस महामन्त्री थापाले पुनः संवाद यात्रा शुरु गर्दै


१४ चैत्र २०८०, बुधबार
Gagan 2

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले संवाद यात्रा पुनः शुरु गर्ने भएका छन् । यसअघि माघ १३ गते मेची पुलबाट सुरु गरेको संवाद यात्रा माघ २२ गते नवलपरासीको गोपीगञ्जसम्म पुगेर रोकिएको थियो ।

महामन्त्री थापाले संवाद यात्राको शृङ्खला नवलपरासीको गोपीगञ्जबाट नै शुरु गर्ने भएको जानकारी दिएका छन् । उनले चैत्र १५ ,१६ र १७ गते नवलपरासी, रुपन्देही, कपिलवस्तु, दाङ र बाँकेका विभिन्न ठाउँहरूमा पुग्ने भएका छन् । महामन्त्री थापाले संवाद यात्रामा स्थानीयहरुसँग छलफल गर्ने उनीहरुका समस्याहरु सुन्ने गरेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७