सल्यानमा पहिलो पटक महिला क्याम्पस प्रमुख


१४ चैत्र २०८०, बुधबार
Debaki Malla

सल्यान । सल्यानमा पहिलो पटक सल्यानको एक क्याम्पसले महिला प्रमुख पाएको छ । वनगाड कुपिण्डे नगरपालिका– ६ सुनौलीबजारमा रहेको वनगाड क्याम्पसमा पहिलो पटक देवकी मल्ल क्याम्पस प्रमुख नियुक्त भएकी छिन् ।

२०६६ सालमा स्थापना भई २०६९ सालमा सम्बन्धन प्राप्त गरेको क्याम्पसले पहिलो पटक महिला नेतृत्व पाएको हो । सल्यानमा त्रिभुवन विश्वविद्यालयअन्तर्गतका सात क्याम्पस सञ्चालनमा छन् । सातमध्ये वनगाड क्याम्पसले पहिलो पटक महिलालाई प्रमुखको रूपमा जिम्मेवारी दिएको छ । क्याम्पसको सुधारका लागि काम गर्ने र त्यसका लागि सबैको सहयोगको अपेक्षा गरेको मल्लले बताएकी छन् ।

उनले भनिन्, ‘समाजमा महिलालाई अझै पनि सकारात्मक ढंगले हेर्ने गरेको पाइँदैन । महिलाहरूले पनि अवसर पाए काम गर्न सक्छन् र समाजको पनि नेतृत्व गर्न सक्छन् बन्ने उदाहरण बन्ने प्रयास गर्नेछु ।’ पदभार ग्रहण कार्यक्रममा बोल्दै नगर उपप्रमुख पुरुषोत्तम आचार्यले जिल्लामा पहिलो पटक महिलाले क्याम्पसको नेतृत्व पाएको र उदाहरण प्रस्तुत गर्न आग्रह गरे ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७