पाकिस्तानी नागरिकका २७ लाख डाटा चोरी


१५ चैत्र २०८०, बिहीबार
nadra.jpg

काठमाडौँ । पाकिस्तानको नेशनल डाटाबेस एण्ड रेजिष्ट्रेसन अथोरिटी (नाद्रा) को केन्द्रबाट २७ लाख नागरिकको व्यक्तिगत डाटा चोरी भएको छ । ‘डन न्यूज’ का अनुसार गृह मन्त्रालयको संयुक्त अनुसन्धान टोलीले यो चोरी गरेको खुलासा गरेको हो ।नाद्राले पाकिस्तानी नागरिकहरूलाई परिचय पत्र जारी गर्दछ । रिपोर्टका अनुसार यो डाटा पहिले दुबईमा पठाइएको थियो । त्यसपछि अर्जेन्टिना र रोमानिया पठाइयो । यस विषयमा सरकार भने मौन छ ।

‘जियो न्युज’ ले गृह मन्त्रालयका अधिकारीलाई उद्धृत गर्दै समाचार प्रकाशित गरेको छ । यो घटना बाहिर आएपछि मन्त्रालयले संयुक्त अनुसन्धान टोली गठन गरेको थियो । यसमा संघीय अनुसन्धान एजेन्सी (एफआईए) र गृह मन्त्रालयका अधिकारीहरू सामेल थिए। यो टोलीको नेतृत्व सैयद वकारुद्दिनले गरेका थिए ।

रिपोर्टका अनुसार डाटा चोरीको यो खेल २०१९ मा सुरु भयो र २०२३ को अन्त्यसम्म जारी रह्यो । यस अवधिमा करिब २७ लाख पाकिस्तानी नागरिकको डाटा चोरी भएको थियो । नाद्रा अधिकारीहरूको सहयोग बिना यो काम सम्भव थिएन । प्रतिवेदनमा नाड्राले आफ्नो केही काम आउटसोर्स गरेको हुनाले अन्य कुनै कम्पनीले यो डाटा बेचेको हुनसक्ने आशंका पनि उठाइएको छ । टोलीले यस विषयमा विस्तृत प्रतिवेदन तयार पारेको छ । धेरैजसो गोप्य राखिएको छ । प्राधिकरणले आगामी दिनमा केही अधिकारीलाई सोधपुछका लागि बोलाउन सक्ने बताइएको छ ।

अनुसन्धान एजेन्सीको रिपोर्ट अनुसार जसको व्यक्तिगत डाटा चोरी भएको छ, तीमध्ये अधिकांश मुल्तान, कराँची र पेशावरका छन् । यदि यति ठूलो मात्रामा डाटा चोरी भइरहेको थियो भने वरिष्ठ अधिकारीहरू के गर्दै थिए ? यो तथ्यांक अपराध वा आतंकवादका लागि प्रयोग गर्न सकिन्छ भन्ने कुरा के उनीहरूले कुनै पनि तहमा बुझेका थिएनन् ?

यो तथ्याङ्कको मनी ट्रेल प्रष्ट रहेको प्रतिवेदनमा स्पष्ट गरिएको छ । तीन शहरबाट चोरी भएको डाटा पहिले दुबई पठाइएको थियो। त्यसपछि अर्जेन्टिना र रोमानिया पठाइयो । रिपोर्टका अनुसार यो कुरा पहिलो पटक मार्च २०२३ मा रिपोर्ट गरिएको थियो । त्यसपछि गृह मन्त्रालयले यस विषयमा छानबिन थालेको हो । पछि केही तथ्य बाहिर आएपछि यसका लागि संयुक्त अनुसन्धान टोली गठन गरिएको थियो । जियो न्यूजका अनुसार जसको डाटा लीक भएको छ त्यसमा सेना र आईएसआईका अफिसर पनि परेका छन् । त्यसैले यो विषय निकै संवेदनशील बन्दै गएको बताइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७