मुटुमा समस्या भएपछि अस्पताल भर्ना भएका टोपबहादुर रायमाझीको कस्तो छ अवस्था ?


१५ चैत्र २०८०, बिहीबार
top

काठमाडौं । नेकपा (एमाले) का पूर्व सचिव टोपबहादुर रायमाझीलाई मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा चिकित्सकको निगरानीमा राखिएको छ । नेता रायमाझीको मुटुमा समस्या भएपछि बुधबार उनलाई उक्त सेन्टरमा भर्ना गरिएको थियो ।

रायमाझीको स्वास्थ्य अवस्था स्थिर रहेको जानकारी दिँदै उनको उपचारमा संलग्न वरिष्ठ मुटुरोग विशेषज्ञ डा. चन्द्रमणि पौडेलले उनलाई मुटुको चालको निगरानी गर्न सेन्टरमा राखिएको जानकारी दिएका छन् । ‘उहाँलाई रिँगटा लागेर मुटुको चाल कम भएपछि भर्ना गरिएको हो’, डा. पौडेलले भने, ‘अहिले उहाँको मुटुको ईसीजी गरेर चिकित्सकको निगरानीमा राखिएको छ ।’ रायमाझीको स्वास्थ्यमा कुनै समस्या नभए पनि मुटुको चाल मात्र कम भएको उनले बताएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७