इलाम-२ मा राप्रपाले लक्ष्मी गुरुङलाई बनायो उम्मेदवार


१५ चैत्र २०८०, बिहीबार
Laxmi Gurung ilam Raprapa

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले इलाम–२ मा प्रतिनिधि सभा सदस्यको उम्मेदवार चयन गरेको छ । राप्रपाले इलाम–२ मा बैशाख १५ मा हुने उपनिर्वाचनमा लक्ष्मी गुरुङलाई उमेदवार बनाउने निर्णय गरेको प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिएका छन् ।

पार्टीको बिहीबार बसेको संसदीय समितिको बैठकले गुरुङलाई उम्मेदवार बनाउने निर्णय गरेको हो । इलाम–२ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य सुवासचन्द्र नेम्वाङको गत भदौ २६ गते निधन भएपछि उक्त क्षेत्रमा बैशाख १५ गते उपनिर्वाचन हुँदैछ ।

नेकपा एमालेले इलाम –२ मा सुहाङ नेम्बाङ र बझाङ प्रदेशसभा– १ मा दमन भण्डारीलाई उम्मेदवार बनाएको छ। कांग्रेस, माओवादी केन्द्र,एकीकृत समाजवादी र रास्वपाले पनि आ–आफ्ना उम्मेदवार उठाउने भएका छन्।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७