केजरिवाललाई मुख्यमन्त्रीबाट हटाउने रिट अदालतद्वारा खारेज


१५ चैत्र २०८०, बिहीबार
Kejariwal 1

काठमाडौँ । दिल्ली उच्च अदालतले अरविन्द केजरीवाललाई मुख्यमन्त्रीबाट हटाउने रिट खारेज गएको छ । लाइभ कानूनका अनुसार यो याचिका दिल्लीका निवासी सुरजित सिंह यादवले दायर गरेका थिए, जसले आफूलाई किसान र सामाजिक कार्यकर्ताको रूपमा चिनाएका छन् ।

अदालतले यस विषयमा न्यायिक हस्तक्षेपको कुनै आवश्यकता नरहेको बताउँदै रिट खारेज गरेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । केजरिवाल गत विहिबार राति मदिरा नीतिमा भएको अनियमितताको आरोपमा प्रवर्तन निर्देशनालय (इडी) को हिरासतमा रहेका छन् ।

उनलाई अदालतले अप्रिल २ सम्म हिरासतमा राख्ने अनुमति दिएको छ । इडीको हिरासतमा रहेका मुख्यमन्त्री केजरिवालले जेलबाटै सरकार चलाएको आरोप लागेको छ । उनले जेलबाटै दिएका आदेश मन्त्रीहरुले कार्यान्वयन गरिरहेको मिडिया रिपोर्टमा उल्लेख छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७