६५ नेपालीविरुद्ध इन्टरपोलको रेट नोटिस जारी


१५ चैत्र २०८०, बिहीबार
bhim dhakal

काठमाडौँ । प्रहरीको अन्तर्राष्ट्रिय अपराध संगठन इन्टरपोलको ‘रेड नोटिस’ सूचीमा ६५ नेपाली रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । नेपाल प्रहरीका प्रवक्ता एवं डीआईजी भीमप्रसाद ढकालले हाल रेड नोटिसमा ६५ र ३४ नेपालीविरुद्ध ‘डिफ्युजन नोटिस’ जारी गरिएको बताएका हुन् ।

नेपाल प्रहरीले रेड नोटिस जारी गरिएका १३ जनालाई नेपाल झिकाएको पनि बताएको छ । त्यस्तै पछिल्लो एक वर्ष देशभरबाट ५९ हजार ६१ वटा उजुरी प्रहरीसमक्ष परेको ढकालको भनाइ छ । देशभरका २२१ मुद्दा चल्ले कार्यालयमा उक्त उजुरी परेको डीआईजी ढकालले बताएका छन् ।

तीमध्ये सबैभन्दा बढी बैंकिङ कसुर मुद्दामा उजुरी परेको उनले बताए । सबैभन्दा बढी उजुरी उपत्यकाका प्रहरी कार्यालयमा र कम कर्णाली प्रदेशमा परेको देखिएको छ । डीआईजी ढकालका अनुसार, बैंकिङ कसुरबाहेक अरू विभिन्न अपराधमा उजुरी परेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७