८३ वर्षीया वृद्धाको हत्या गरी फरार युवक पक्राउ


१५ चैत्र २०८०, बिहीबार
hatya 2

काभ्रे । वृद्धाको हत्या आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनसरीको धरान उपमहानगरपालिका–८ का २९ वर्षीय सन्तोष आचार्य रहेका छन् । इलाका प्रहरी कार्यालय बनेपाले पत्रकार सम्मेलन गरेर बिहीबार आरोपी सार्वजनिक गरेको हो ।

काभ्रेको धुलिखेल–९ घर भई बनेपा–१३ भैंसेपाटीस्थित डेरा गरेर बस्ने ८३ वर्षीया लक्ष्मी तामाङ गरेर फरार रहेका युवकलाई चैत १३ पक्राउ गरिएको हो । युवकलाई जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । युवक लागूऔषध प्रयोगकर्ता रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७