शारीरिक अपाङ्गता भएकी किशोरीलाई अपहरण गरी करणी, युवकविरुद्ध मुद्दा दर्ता


१५ चैत्र २०८०, बिहीबार
Rape 2

रौतहट । बारामा सुस्त मनस्थिति भएकी एक बालिकालाई ललाइफकाई अनैतिक कार्य गर्ने एक युवकमाथि प्रहरीले जबरजस्ती करणी मुद्दा दायर गरी कारबाही प्रक्रिया अगाडि बढाएको छ ।

बाराको कोल्हवी नगरपालिका–८ नयाँबस्तीका ३० वर्षीय प्रकाश कार्कीमाथि जवरजस्ती करणी मुद्दा दर्ता गरिएको बारा प्रहरी प्रवक्ता डिएस्पी दधिराम न्यौपानेले बताए । मुद्दा दर्तासँगै जिल्ला अदालत बाराबाट म्याद थमाएर कारबाही तथा अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रवक्ता डिएसपी न्यौपानेले जानकारी दिए ।

अहिले आरोपी जिल्ला प्रहरी कार्यालय बाराको नियन्त्रणमा राखेर अनुसन्धान सुरु गरिएको उनको भनाइ छ । अनुसन्धानपछि घटनाको पूर्ण विवरण आउने प्रहरी प्रवक्ता डिएस्पी न्यौपानेले जानकारी दिए । बारा कोल्हवी नगरपालिका–८ काँटगाऊँका समबहादुर तामाङको सुस्त मनस्थितिकी छोरी रमिता तामाङलाई आफ्नै घरबाट यही चैत ८ गते ८ बजे राति अपहरण गरी दुई दिनसम्म दुर्व्यवहार समेत गरेको मौखिक उजुरीको आधारमा इलाका प्रहरी कार्यालय कोलहबिले ४ दिनअघि आरोपी कार्कीलाई पक्राउ गरी आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय कलैया पठाएको थियो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण समेत भइसकेको प्रहरीले जनाएको छ । बालिकालाई सुरुमा कलैयास्थित महिला बालबालिका सेवा केन्द्रमा लागिएको थियो । महिला सेल प्रमुख इन्स्पेक्टर बिमलाकुमारी कठायतले प्रारम्भिक अनुसन्धानपछि थप कारबाहीको लागि जिल्ला प्रहरीको जिम्मा लगाएको प्रहरी स्रोतले जनाएको छ । उक्त घटनामा इलाका प्रहरी कार्यालय कोलबिका प्रमुख इन्स्पेक्टर भोलामान सिंह अधिकारीको सक्रियताले आरोपी उम्किन नसकेको स्थानीयहरूले बताएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७