एफटीएक्सका संस्थापक साम बैंकम्यानलाई २५ वर्षको जेल सजाय


१६ चैत्र २०८०, शुक्रबार
sam.jpg 1

काठमाडौँ । अमेरिकी कम्पनी एफटीएक्सका संस्थापक साम बैंकम्यान फ्राइडलाई २५ वर्षको जेल सजाय भएको छ । फ्राइडलाई आफ्नो कम्पनी एफटीएक्समार्फत क्रिप्टोकरेन्सी एक्सचेन्ज ग्राहकहरूबाट आठ अर्ब डलर चोरेको आरोपमा २५ बर्ह्सको जेल सजाय सुनाइएको हो ।

यस घटनालाई अमेरिकी इतिहासमा सबैभन्दा ठूलो आर्थिक ठगी भएको बताइएको छ । म्यानहट्टन जिल्ला न्यायाधीश लुइस कपलानले यस मुद्दामा आफ्नो फैसला सुनाउँदै बैंकम्यान फ्राइडको दावीलाई सुनुवाइमा अस्वीकार गर्दै ग्राहकहरूले पैसा गुमाएको र उनले झुटो कुरा गरेको बताएका थिए ।

न्यायाधीशले बैंकम्यानलाई एफटिएक्सको २०२२ मा भएको पतनसँग सम्बन्धित सात ठगी र षड्यन्त्र मा दोषी भएको फैसला सुनाएका थिए । न्यायाधीश कपलानले बैंकम्यानलाई यो गलत काम गरेको थाहा भएको समेत बताएका छन् । उनले भनेका छन्, ‘उसलाई थाहा थियो कि यो अपराध हो । तर उसले आफ्नो अधिकार जस्तै केहि पनि स्वीकार गर्दैन ।’ साथै न्यायाधीशले एफटिएक्सको नाममा रहेको ११.०२ बिलियन डलर जफत गरेर पीडितहरुको भुक्तानी गर्न समेत आदेश दिएका छन् ।

अदालतले यसअघि आफ्नो निर्णयमा अमेरिकी जिल्ला न्यायाधीश लुइस कपलानले प्रतिवादीले साक्षीहरूसँग छेडछाड गर्ने संघीय अपराध गरेको पाएको बताएको थियो । यो अपराध उद्धृत गर्दै, बैंकम्यान–फ्राइडलाई संघीय हिरासतमा फिर्ता गर्न आदेश दिइएको थियो । बैंकम्यानलाई लगानीकर्ताहरूलाई धोका दिएको र एफटीएक्स र अल्मेडा रिसर्च क्लाइन्टहरूको रकम दुरुपयोग गरेको आरोप लागेको थियो ।

फ्राइड छोटो समयमा नै उदाएका अमेरिकी व्यवसायी मानिन्थे । उनी फाइनान्स र टेक्नोलोजी म्यागजिनको कभरमा समेत देखा परेका थिए । उनलाई फर्च्युनले वारेन बफेटसँग तुलना गरेको थियो र प्रमुख कोष प्रबन्धकहरू र उद्यम पुँजीपतिहरूबाट ठूलो लगानी प्राप्त गरेको थियो । तर यो सबै नाटकीय रूपमा बिग्रियो जब एक मिडिया रिपोर्टले अल्मेडाको ब्यालेन्स पाना कुनै स्वतन्त्र मूल्य बिना एफटिएक्सद्वारा सिर्जना गरिएको टोकनहरूमा आधारित रहेको खुलासा गर्‍याे । एकै समयमा, बैंकम्यानका कम्पनीहरू खतरनाक रूपमा आपसमा जोडिएको रूपमा पर्दाफास भयो र उनको कम्पनी टाट पल्टियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७