काठमाडौँ कपनबाट पेस्तोलसहित युवक पक्राउ, गुण्डागर्दी गरेको आरोप


१६ चैत्र २०८०, शुक्रबार
parang dewa

काठमाडौँ । काठमाडौँ जिल्ला प्रहरी परिसरले गुण्डागर्दी गरेको आरोपमा हतियारसहित एक युवकलाई पक्राउ गरेको छ । ताप्लेजुङको फुङलिङ नगरपालिका–९ घर भई हाल काठमाडौँ महानगरपालिका–६, सरस्वतीनगर वस्ने वर्ष २८ का प्रशान्त पराङदेवा लिम्बूलाई पेस्तोल र चक्कुसहित नियन्त्रणमा लिइएको प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

उनको घरमा खोजतलास गर्दा कटुवा पेस्तोल थान–१, धारिलो चक्कु थान–२, फलामको हम्बर थान–१, मोबाइल थान–२ (आईफोन, सामसङ) बरामद भएको प्रहरीले जनाएको छ ।

गुण्डागर्दी तथा अवैध हातहतियार नियन्त्रण गर्ने जिल्ला प्रहरी परिसरको अभियानअन्तर्गत कपन क्षेत्रमा पछिल्लो समयमा गुण्डागर्दी गर्ने र समाजमा भय त्रास सिर्जना गर्ने व्यक्तिहरूको खोजतलस गर्ने क्रममा शंकास्पद गतिविधि गरेको सूचनाका आधारमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७