२६५ यात्रु बोकेर कतार उडेको नेवानिको जहाजमा प्राविधिक समस्या देखिएपछि काठमाडौं फर्काइयो


१६ चैत्र २०८०, शुक्रबार
nepal airlines

काठमाडौं । कतारको दोहा उडेको नेपाल वायुसेवा निगमको नाइनएन–एएलवाई कलसाइन जहाजमा प्राविधिक समस्या देखिएपछि पुनः काठमाडौँ नै फिर्ता गरेर अवतरण गराइएको छ । २६५ जना यात्रु बोकेको जहाजको ‘हाइड्रोलिक सिस्टम’ मा समस्या देखिएपछि काठमाडौं फर्काइएको नेपाल एयरलाइन्सले जनाएको छ ।

निगमका प्रवक्ता देवेन्द्र पुनले कतार उडेको वाइडबडी ए–३३० को हाइड्रोलिक्समा समस्या भएर शुक्रवार बिहान ३ बजे काठमाडौं फिर्ता गरिएको जानकारी दिएका छन् । ‘दोहा उड्दै गरेको जहाजको हाइड्रोलिक्समा समस्या देखिएपछि केही मिनेटमै काठमाडौं फिर्ता गरेर नर्मल अवतरण गराइएको हो’, उनले भने, ’जहाज अहिले ठीक भइसकेको छ । नियमित उडान अन्तर्गत दिल्ली उड्ने तयारीमा छ ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७