टस जितेर नेपाल ‘ए’ बलिङमा, अर्जुन कुमाल बेञ्चमा


२३ चैत्र २०८०, शुक्रबार
Nepal A

काठमाडौं । आयरल्यान्ड वोल्भ्सविरुद्धको दोस्रो एक दिवसीय खेलमा नेपाल ‘ए’ ले टस जितेर फिल्डिङ रोजेको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा नेपालले टस जितेर आयरल्याण्डलाई पहिले ब्याटिङको निम्तो दिएको हो । पहिलो खेलबाट नेपालले एक परिवर्तन गरेको छ ।

यू–१९ का ओपनर अर्जुन कुमाललाई बेन्चमा राखेको छ भने अर्का युवा ब्याटर नरेन भट्टलाई मौका दिएको छ । पहिलो खेलमा पराजित २१ भएको नेपाल आज सिरिज बराबरी गर्ने लक्ष्यमा छ । तीन खेलको श्रृंखलामा अन्तिम खेल पर्सी आइतबार हुनेछ । यसअघि नेपाल ‘ए’ र आयरल्याण्ड वोल्भ्सबीच तीन खेलको टी–ट्वेन्टी श्रृंखला भएको थियो ।

जसमा नेपाल २–१ अंकले पराजित भएको थियो । नेपाल ‘ए’ सँगको खेलअघि आयरल्याण्ड वोल्भ्सले नेपाली राष्ट्रिय क्रिकेट टिमसँग पनि दुई खेलको टी–ट्वेन्टी श्रृंखला खेलेको थियो । जसमा आयरल्याण्ड दुवै खेलमा पराजित भएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७