रुतुराज र केएल राहुललाई १२–१२ लाख जरीवाना


९ बैशाख २०८१, आईतवार
ruturaj1713670563

काठमाडौँ । जारी इण्डियन प्रिमियर लिग (आइपिएल) मा चेन्नई सुपर किंग्सका कप्तान रुतुराज गायकवाड र लखनउ सुपर जाइन्ट्सका कप्तान केएल राहुललाई भारतीय क्रिकेट कन्ट्रोल बोर्डले १२–१२ लाख भारु रुपैयाँ जरिवाना गरेको छ ।

आईपीएल अन्तर्गत शुक्रबार सम्पन्न लखनउ र चेन्नईबीचको खेलमा दुवै कप्तानले स्लो ओभर रेटका कारण जरिवाना पाएका हुन् । यस सिजन लखनऊ र चेन्नईको यो पहिलो गल्ती भएकोले आईपीएल आचार संहिता अनुसार न्यूनतम सजाय दिइएको बोर्डले जनाएको छ ।

स्लो ओभरका कारण यसअघि विभिन्न आइपिएल टिमका कप्तानलाई जरीवाना गरिएको छ । यस सिजनमा यसअघि मुम्बई इण्डियन्सका कप्तान हार्दिक पाण्डेयलाई गत बिहीबार पञ्जावविरुद्धको खेलमा स्लो ओभर रेटका कारण १२ लाख रुपैयाँ जरिवाना गरिएको थियो । त्यस्तै यस अघि राजस्थानविरुद्धको खेलमा कोलकाता नाइट राइडर्सका कप्तान श्रेयस अय्यरलाई १२ लाख रुपैयाँ जरिवाना गरिएको थियो । त्यस्तै गुजरात टाइटन्सविरुद्धको खेलमा राजस्थान रोयल्सका कप्तान सञ्जु सामसनलाई १२ लाख रुपैयाँ जरिवाना गरिएको थियो ।

यसअघि लगातार दुई खेलमा स्लो ओभर रेटिङ गरेको भन्दै दिल्ली क्यापिटल्सका कप्तान ऋषभ पन्तलाई २४ लाख भारु जरिवाना गरिएको थियो । कोलकाता नाइट राइडर्सविरुद्धको खेलमा स्लो ओभर रेटका कारण पन्तलाई सो जरिवाना गरिएको थियो । सो खेलमा पन्त बाहेक दिल्ली क्यापिटल्सका इम्प्याक्ट प्लेयरसहित प्लेइङ–११ मा सहभागी खेलाडीलाई म्याच शुल्कको २५ प्रतिशत जरिवाना पनि लगाइएको थियो । पन्त यस अघि चेन्नईविरुद्धको खेलमा पनि स्लो ओभर रेटका कारण १२ लाख जरिवानामा परेका थिए । त्यसैगरी यस सिजनमा सिजनको सातौं खेलमा चेन्नईविरुद्धको खेलमा स्लो ओभर रेटका कारण गुजरात टाइटन्सका कप्तान शुभमन गिललाई पनि १२ लाख जरिवाना गरिएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७