उफ गर्मी ! आज कहाँ कति गर्मी ?


२८ जेष्ठ २०७५, सोमबार
Sagar

काठमाडौं, २८ जेठ । मनसुन भित्रिए पनि राम्रोसँग पानी नपरेका कारण देशभर गर्मी बढेको छ । शनिबारदेखि नै गर्मी ह्वात्तै बढेको हो । शनिबारको तुलनामा आइतबार झनै गर्मी थियो ।Sagar

सोमबार पनि बिहानैदेखि घाम चर्किएको छ । आइतबार जत्तिकै गर्मी हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । सोमबार बेलुकी पानी पर्ने भएकाले मंगलबारदेखि गर्मी केही कम हुने मौसमविद वरुण पौडेलले जानकारी दिए । पहाड र उपत्यकाको तुलनामा तराईमा गर्मी धेरै हुन्छ । अझ जनकपुर र नेपालगञ्जमा सबैभन्दा धेरै गर्मी छ । जनकपुरमा आइतबार तापक्रम ४०.४ डिग्री सेल्सियस थियो । नेपालगंजको तापक्रम चाहिँ ३९ डिग्री सेल्सियससम्म पुगेको छ । temperature gLBqtvTaAs

यस्तै धनकुटामा ३८.८, सिमरामा ३८.५, भैरहवामा ३८.२, , धरानमा ३७.९, विराटनगरमा ३७.८, दिपालयमा ३७, दाङमा ३५.६, धनगढीमा ३५ र वीरेन्द्रनगरमा ३२ डिग्री सेल्सियससम्म तापक्रम पुगेको छ । काठमाडौंमा पनि गर्मी ह्वात्तै बढेको छ । आइतबार काठमाडौंको तापक्रम ३१.५ डिग्री सेल्सियस थियो । शनिबारको तुलनामा आइतबार शून्य दशमलव ५ डिग्रीले तापक्रम बढेको हो । पोखराको तापक्रम ३२.८ डिग्री सेल्सियस छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७