यी हुन् कांग्रेसबाट दोस्रो चरणको निर्वाचनमा प्रत्यक्षतर्फ भिड्ने तीन महिला


१४ कार्तिक २०७४, मंगलवार
congress three women
काठमाडौं : आगामी मंसिर २१ गते हुने प्रतिनिधि र प्रदेशसभा दोस्रो चरणको निर्वाचनको लागि कांग्रेसले ३ महिलालाई प्रत्यक्षबाट भिडाउने भएको छ । जसमा भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्री सिता गुरुङ, पार्टी केन्द्रीय सदस्य तथा पूर्व सांसद डिना उपाध्याय र पूर्व सांसद डा. आरजु देउवा छन् । कांग्रेसले गुरुङलाईतेह्रथुमबाट, उपाध्यायलाई मकवानपुर २ बाट र देउवालाई कैलाली ५ बाट भिडाउने भएको हो ।

congress three women
त्यस्तै गुल्मीको क्षेत्र नम्बर १ र २ बाट क्रमशः चन्द्र भण्डारी र चन्द्र केसी उम्मेदवार बन्ने भएका छन् । सोमबार बसेको कांग्रेस संसदीय समितिको बैठकले पाँचै जनालाई उम्मेदवार बनाउने निर्णय गरेको संसदीय समितिका सदस्य एनपी साउदले जानकारी दिए । मंसिर २१ को निर्वाचनको लागि आउँदो १६ गते आयोगमा उम्मेदवारी दर्ता गराउनु पर्नेछ ।

नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७