ब्राजिलको निरन्तरतालाई बेल्जियमले क्रमभङ्ग गर्ला ?


२२ असार २०७५, शुक्रबार
Brazil V Belgium 62EsbkecXJ

काठमाडौं, २२ असार । विश्व फुटबलको दोस्रो वरियतामा रहेको ब्राजिल र तेस्रो स्थानमा रहेको बेल्जियम रसियामा जारी विश्वकपको आज (शुक्रबार) को स्पर्धामा क्वार्टर फाइनल भिड्दै छन् ।Brazil V Belgium 62EsbkecXJ

ब्राजिल र बेल्जियमबीचको आजको खेललाई दर्शकहरुले फाइनल खेलसँग तुलना गरेर हेरेका छन् । अर्थात यो खेललाई फाइनलको पूर्वाभ्यासको रुपमा लिइएको छ । विश्वकपको टफीमा सँधै धावा बोल्दै आएको ब्राजिललाई आज बेल्जियमले कसरी ट्याकल गर्छ भन्ने कुरा चासोको विषय बनिरहेको छ । बेल्जियको हालको टोली ‘गोल्डेन जेनेरेसन’ भएको दावी धेरैले गर्दै आएका छन् । तर, त्यो परीक्षण आज राति (नेपाली समयअनुसार ११ः४५) बजे शुरु हुने खेलको नतिजापछि हुनेछ ।

सबैजसो खेलमा विपक्षीमाथि हावी हुँदै आएको ब्राजिलको निरन्तरतालाई जापानविरूद्ध ६९ मिनेटसम्म २–० ले पछाडि परे पनि अनौठो रुमपमा नतिजा उल्टएर क्वार्टर फाइनल आइपुगेको बेल्जियमले कसरी सामना गर्ला भन्ने कुरा अहिले विश्वले चासो दिइरहेको छ । विश्वकपको पाँचपल्टको विजेता ब्राजिलसँग रसिया विश्वकपको क्वार्टर फाइनलमा भेट गरेको बेल्जियम ब्राजिलको निरन्तरतालाई क्रमभङ्ग गर्ने दाऊमा छ । पाँचपल्ट विश्वविजेतासँग प्रतिष्पर्धा गरी नयाँ अनुभव बटुल्ने मौका पाएको बेल्जियमले आफूलाई नियन्त्रित बनाउन सकेको खण्डमा सुनौलो भाग्य कोर्न सक्ने अवसर पनि छ ।

बेल्जियमको यही टोलीलाई दुई वर्षअघि युरोकपको दावेदार मानिन्थ्यो । तर, वेल्सविरूद्ध क्वार्टर फाइनलमा पराजित भएर बाहिरिएको थियो । गत विश्वकपमा पनि बेल्जियम क्वार्टर फाइनलमा दक्षिण अमेरिकाको अर्को शक्ति राष्ट्र अर्जेन्टिनासँग पराजय भोगेर बाहिरिएको थियो । हाल बेल्जियम टोलीमा इङ्लिस प्रिमियर लिग खेल्ने खेलाडीको घँुइचो छ ।

जापानलाई दबाबपूर्ण खेलमा पराजित गर्दा बेल्जियम टोलीका ११ खेलाडी प्रिमियर लिगमा सहभागी भइसकेका उत्रिएका थिए । जसमा ३२ वर्षीय भिन्सेन्ट कोम्पानी र ३१ वर्षीय दुई स्टार ड्रिस मार्टेस र यान भर्टोङ्घम थिए । डिफेन्डर कोम्पानी, गोलकिपर थाइबुट कुर्टोइस, मिडफिल्डर केभिन डि बु्रयन र फवार्ड इडेन हजार्ड संलग्न टिमले ८ पल्ट प्रिमियर लिगको उपाधि जितिसकेको छ ।

प्रशिक्षक रोबर्टो मार्टिनेसले इङ्लिस क्लब इभर्टनलाई प्रशिक्षण गरिसकेका छन् । उनको आगमनसँगै बेल्जियम तीन स्ट्राइकर बोकेर ३–४–३ को आक्रामक शैलीमा फुटबल खेल्न थालेको थियो । शुक्रबार ब्राजिलविरूद्ध पनि उनको टिम फर्मेसन यही हुने पक्का छ । जापानविरूद्ध डिफेन्समा देखिएको कमजोरी दोहोर्‍याउने पक्षमा मार्टिनेस पक्कै हुने छैनन् । डिफेन्सको खुकुलो प्रस्तुतीका कारण बेल्जियमले दोस्रो हाफको ५८ मिनेटभित्रै जापानविरूद्ध दुई गोल खाएको थियो । ब्राजिली टिममा नेइमार र फिलिप कोउटिन्होको रुपमा अग्रपंक्तिमा दुई खतरनाक खेलाडी भएका कारण बेल्जियम जापानविरूद्धको गल्ती दोहोर्‍याउने पक्षमा छैन । किनभने ब्राजिलसँग पछाडि परिसकेको अवस्थामा खेलमा फर्किनु भनेको लगभग असम्भव मानिन्छ ।

टिममा सधैं स्टार खेलाडीको जमघट गराएको ब्राजिल सदाबहार उपाधिको दाबेदार टिममा रुपमा लिने गरिएको छ । जारी विश्वकपमा ब्राजिलले सोचे अनुरुपमा गोल गर्न सकेको छैन । ब्राजिलले अहिलेसम्म ७ गोल गरेको छ । बढी गोल गर्ने टिममो सूचीमा ब्राजिल पाँचौ स्थानमा छ । बढी गोल गर्ने टिमको शीर्ष स्थानमा रहेको बेल्जियमले ब्राजिलभन्दा ५ गोल बढी १२ गोल गरिसकेको छ । यद्यपि उसले ४ गोल खाएकाले गोलअन्तरमा आधारमा भने ब्राजिल र बेल्जियम उही स्थितिमा छन् ।

आजको खेलबाट दुवै टिमको लक्ष्य उपाधि जित्ने भएकाले एक टिम आफ्नो यात्रामा एक कदम अघि बढ्दा अर्को टिम स्तब्ध हुँदै घर फर्कन बाध्य हुनेछ । गोल कम गरे पनि ब्राजिलले पछिल्ला ३ खेलमा गोल खाएको छैन । जारी विश्वकपमा ब्राजिलले गोल नखाएको ३१० मिनेट भइसकेको छ । ब्राजिलले पहिलो खेलमा स्विट्जरल्याण्डसँग गोल बेहोरेपछि रक्षापंक्तिमा धेरै सुधार गरेको छ । ब्राजिलको चिन्ताको विषय फरवार्डमा सन्तुलन मिलाउनु हुनेछ भने अनुशासित खेल्नु अर्को चुनौती हुनेछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७