अाजकाे राशिफल-वि.सं. २०७५ साल असार २३ गते।


२३ असार २०७५, शनिबार
rashifal today

पञ्चाङ्ग

वि.सं. २०७५ साल असार २३ गते। शनिबार। इश्वी सन् २०१८ जुलाई ७ तारिख। शकसंवत् १९४०। विरोधकृत् संवत्सर। उत्तरायण। ग्रीष्म ऋतु। नेपाल संवत् ११३८ तछलागा। आषाढ कृष्णपक्ष। तिथि– नवमी, १९:४१ बजेउप्रान्त दशमी। नक्षत्र– अश्विनी, २७:४० बजेउप्रान्त भरणी। योग– सुकर्मा, २५:३९ बजेउप्रान्त धृति। करण– तैतिल, ७:५९ बजेदेखि गर, १९:४१ बजेउप्रान्त वणिज। आनन्दादिमा सौम्य योग। चन्द्रराशि– मेष। काठमाडौंमा सूर्योदय– ५:१५ बजे, सूर्यास्त– १९:०१ बजे र दिनमान ३४ घडी २५ पला।

मेष

ic sodiac 1

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) नसोचेको ठाउँबाट धनागम हुनेछ । टाढिएका मित्रसँग नजिकिने समय छ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ ।

बृष

ic sodiac 2

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) ताके अनुरूप काम नबन्नाले दिक्क लाग्नेछ । अरुको भरपर्दा धोकामा परिने हानी हुने र विश्वास गुम्नेछ ।

मिथुन

ic sodiac 3

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ । साझेदारीको कर्यबाट राम्रो प्रतिफल प्राप्त मिल्नेछ । दबाब र तनाव बढेको महसुस हुनेछ ।

कर्कट

ic sodiac 4

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) धनार्जनका नयाँ स्रोतहरु पत्ता लाग्नेछन् । पारिवारिक सद्भाव बढ्नेछ । नयाँ वस्त्र, अलंकारको प्राप्ति हुनेछ ।

सिंह

ic sodiac 5

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) वैदेशिक क्षेत्रको काम अघी बढ्नेछ । छोटो दुरीको लाभदायक यात्रा हुनेछ । वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनेछ ।

कन्या

ic sodiac 6

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । आर्थिक कारोवारमा मन्दी आउनेछ । प्रेममा मतभेद बढ्नेछ ।

तुला

ic sodiac 7

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) मनमा हर्ष,उमङ्ग र उत्साह छाउनेछ । इच्छा र आकाङ्क्षा पूर्ण हुनेछन् । रोजगारको अवसर मिलनेछ ।

बृश्चिक

ic sodiac 8

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) शुभकार्यको चर्चा चल्नेछ । विशिष्ट व्यक्तिको सहयोग मिल्ला । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ ।

धनु

ic sodiac 9

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आफन्तहरूको सहयोगले कामहरू अगाडी बढ्नेछन् । विद्या र बुद्धिको विकास हुनेछ ।

मकर

ic sodiac 10

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) बाटो काट्दा वा यात्रा गर्दा सचेत हुनुपर्छ । आर्थिक कारोवारमा मन्दी आउनेछ । शिक्षामा वाधापनि आउनेछ ।

कुम्भ

ic sodiac 11

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) भाग्यले विभिन्न अवसर जुराउनेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने वेला छ । राजनैतिक कार्यमा सफलता मिल्नेछ ।

मीन

ic sodiac 12

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) रमाइलो यात्राको योग रहेको छ । लगनशीलताले कामहरू अगाडी बढ्नेछन् । मनमा शान्ति र अनुहारमा कान्ति छाउला । – ज्यो.प.नारायणप्रसाद दुलाल

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७