२० वर्षपछि क्रोएशिया सेमिफाइनलमा, आयोजक रसिया टाइब्रेकरमा पराजित


२४ असार २०७५, आईतवार
993519752

रसिया, २४ असार । रसियामा जारी विश्वकपको फुटबलमा आयोजक रसियालाई हराउँदै क्रोएशिया सेमिफाइनलमा प्रवेश गरेको छ । आयोजक रसियालाई टाइब्रेकरमा ४–३ गोलले हराउँदै २० वर्षपछि क्रोएशिया फेरि क्रोएशिया सेमिफाइनलमा प्रवेश गरेको हो । 993519752

यसअघि फ्रान्समा सन् १९९८ मा भएको विश्वकपमा सेमिफाइनल यात्रा तय गरेको थियो । सो विश्वकपमा क्रोएशिया आयोजक फ्रान्ससँग पराजित हुँदै फाइनल पुग्न असफल भएको थियो । उसले नेदरल्यान्डलाई हराउँदै तेश्रो स्थानमा चित्त बुझाएको थियो।

शनिबार राति फिस्ट रंगशालामा भएको निक्कै नै आक्रमक र प्रतिष्पर्धात्मक खेलको निर्णय ट्राईब्रेकरमा हुन पुग्यो । निर्धारित र अतिरिक्त समयमा खेल २–२ को बराबरीमा रोकिएपछि क्रोएशियाले ट्राईब्रेकरमा आयोजक रसियाले ४–३ गोलले पराजित गर्यो । tjt7yj0blgy4uhnm9zwm

खेलको ३१ औं मिनेटमा रसियालाई सुरुवाती अग्रता लिएका थिए । आर्टिम ड्ज्युबाको पासमा डेनिस चेरिसेभले गोल गरेको थिए । त्यसको आठ मिनेटपछि आन्द्रेस क्रमारिकले मारिया मान्डुजिधले हेडरमार्फत गोल गर्दै निर्धारित समयको खेल बराबरीमा टुंग्गााए ।

खेल बराबरीमा टुंग्यिएपछि खेल अतिरिक्त समयमा गयो । खेलको १०० औं मिनेटमा क्रोएशियाको भिडाले गोल गरे । क्रोएसिया २–१ अग्रतामा रहेको स्थितीमा खेलको ११५ औं मिनेटमा मारियो फर्नान्डेजले हेडरमार्फत रसियाका लागि बराबरी गोल फर्काए । त्यसपछि गोलको प्रयास भएपनि अतिरिक्त समयमा पनि गोल हुन नसकेपछि खेल ट्राईबे्रकरमा धकेलिएको थियो ।

ट्राईब्रेकरमा रसियाका फेदोर स्मालोभको पेनाल्टी क्रोएशियाका गोलरक्षक डेनिजेल सुबासिकले बचाउ गरे । यस्तै मारिया फेर्नान्डेजले पेनाल्टी पोस्टभन्दा बाहिर प्रहार गरेपछि क्रोएशिया सेमिफाइनलमा प्रवेश गरे । क्रोएशियाका माटियो कोभासिकको पेनाल्टीपनि रसियाका गोलरक्षक इगोर अकिनफिभले बचाएका थिए ।

क्राएसियाका लागि मार्सेलो ब्रोजोभिक, माटियो काभासिक, लुका मोड्रिच, डमागोज भिदा, इभान रिकिटिक गोल गरेका थिए । भने रसियाका लागि अलान डजागोइभ, मारिया फेर्नान्डेज, सर्गी इग्नासेभिच, डेलर कुजयाभ गोल गरे ।
अब फाइनल प्रवेश लागि आगामी बुधबार इङ्ल्याण्डसँग खेल खेल्नेछ ।

993525614

993520452

gl5rm3z2ad7wppcirrki

 

1530996836c cover

 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७