साउदीमा ३८ नेपालीको बिचल्ली
खोटाङ, २ साउन । सम्झौता अनुशारको काम र दाम नपाउँदा साउदीअरब पुगेका ३८ नेपाली अलपत्र परेका छन्। बैदेशिक रोजगारका सिलसिलामा ऋण काढेर गत २०७४ साल फागुन १ गते साउदी अरब पुगेका खोटाङका १३ सहित ३८ नेपाली अलपत्र परेका हुन्। अाजकाे नागरिक दैनिकमा खबर छ ।
क्याट्रिङको कामका लागि सोनमार कन्ट्रक्टिङ ट्रेडिङ एडभरटाइजिङ एण्ड एडभरटाइजिङ कम्पनीमा पुगेका खोटाङ मात्तिममा धनीराम राई, इन्द्रेणीपोखरीका अशोक तामाङ, फेदीका अरुण तामाङ, राजन राई, जालपाका शेसन श्रेष्ठ, युवराज निरौला, डम्बर श्रेष्ठ, मेख निरौला, तेज श्रेष्ठ, नरेन्द्र श्रेष्ठ, प्रेमचन्द्र तामाङ, कमल गुरुङ, भीम तामाङ अलपत्र परेका हुन्।
यस्तै, अलपत्र पर्नेमा सोलुखुम्बुका गणेश हिङमाङ, सन्तोषकुमार बस्नेत, देबेन्द्र बस्नेत, चन्द्रप्रसाद हिङमाङ, निराजन दमाई, मानबहादुर खड्का, राष्टकुमार राई, जयकुमार राई, टंकबहादुर कार्की, सिन्धुलीका चम्पक सुनुवार, दयाराम सुनुवार, भरत सुनुवार, मकवानपुरका साङ्गे व्लोन, सुर्यबहादुर बम्जन, भोजपुरका सुर्यबहादुर तामाङ, सर्लाहीका भक्तबहादुर आलेमगर, शंकर बम्जन, म्याग्दीका डम्बर नेपाली, बाग्लुङका डम्बर सार्की, डडेलधुराका तेजबहादुर दमाई, कैलालीका नेता बन, दैलेखका दिपक गुरुङ, नारायण गिरी र रामेछापका केशब खड्का छन्। काम गरेपनि तोकिएको समयमा तलव नपाएपछि ड्यूटी जान इन्कार गरेकामा कार्यरत कम्पनीले सोमबार राती सडकमा निकालेको खोटाङको केपीलासगढी गाउँपालिका–१ फेदीका अरुण तामाङले बताए।