नेपाललाई अन्तराष्ट्रिय एकदिवसिय क्रिकेटमा पहिलो सफलता, नेदरल्याण्ड एक रनले पराजित 

१८ श्रावण २०७५, शुक्रबार
nepali cricket 2

काठमाडौं, १८ साउन । नेपाललाई अन्तराष्ट्रिय एकदिवसिय क्रिकेटमा पहिलो सफलता मिलेको छ ।  आम्स्टलभिनस्थिन भिआरए ग्राउण्डमा  भएकाे  दाेस्राे अन्तराष्ट्रिय एकदिवसिय  क्रिकेटमा नेपालले  नेदरल्याण्डलाई एक रनले पराजित गरेको हो । जितसँगै नेपालले सिरिज बराबरी गरेकाे छ ।

nepali cricket 1

टस जितेर ब्याटिङ रोजेको  ब्याटिङ राेजेकाे नेपालले  दिएकाे २१७ रनको लक्ष्य पछ्याएको घरेलु टोलीले ९ विकेट गुमाएर ११५ रन मात्र बनाएपछि एक रनकाे राेमाञ्चक  जित हात पारेकाे हाे । यसअघि नेपालले ४८ ओभर ५ बलमा सबै विकेट गुमाएर २ सय १६ रन बनाएको थियो । 

नेपालले रोमाञ्चक जित दिलाउन कप्तान पारस खड्काले अन्तिम बलमा रन दिएनन् । अन्तिम ओभरमा आफैँ बलिङ गर्न आएको पारस खड्काले पहिलो बलमा एक रन दिएका उनले दोस्रो बलमा दिएनन् । तेस्रो बलमा एक र चौथो बलमा २ रन दिएपछि घरेलु टोलीलाई अन्तिम २ बलमा २ रन चाहिएको थियो । पाँचौं बलमा पारसले रन दिएनन् । अब अन्तिम बलमा २ रन चाहियो । तर, उनले डच खेलाडीलाई रन आउट गर्दै नेपाललाई ऐतिहासिक जित दिलाए ।

नेपाल जित दिलाउने क्रममा नेपालका सन्दिप लामिछानेले ३, ललित भण्डारीले २ र सोमपाल कामी, पारस, बसन्त रेग्मी र दिपेन्द्र सिंह ऐरीले १–१ विकेट लिए ।

कप्तान पारस खड्का अर्धशतक बनाए लगत्तै आउट भएका थिए । उनले ६९ बलमा ६ चौका र दुई छक्काको मद्धतमा ५१ रन बनाए ।

नेपालका लागि कप्तान पारस खड्का र सोमपाल कामीको अर्धसतक मद्धतले नेपालले २०० रन  क्रस गरेकाे थियाे ।  नेदरल्याण्डविरुद्धकै पहिलो खेलमा नेपालले १३४ रन मात्र बनाएको थियो ।
नेपाल लागि सोमपालले सर्वाधिक ६१ रन बनाए । उनले ४३.४ ओभरमा छक्का प्रहार गर्दे अर्धसतक पुरा गरेका थिए । उनी ६१ रनमा रिप्पनको बलमा नवौँ विकेटको रुपमा आउट भए । उनी एकदिवसियमा अर्धसतक प्रहार गर्ने तेस्रा खेलाडि बने ।

यस्तै अर्धसतक हान्ने दोस्रो खेलाडी बनेका कप्तान पारस खड्काले ५१ रन बनाए । उनले ३०.१ ओभरका छक्का प्रहार गर्दे अर्धसतक पुरा गरेका थिए । उनले ५५ बलमा अर्धसतक बनाएका हुन् । अर्धसतक प्रहार गरेसँग कप्तान खड्का ३०.६ ओभरमा ६९ बलमा ५१ रन बनाउँदै आउट भए । उनले ६ चौका र २ छक्का प्रहार गरेका थिए । 

स्नाटरको बलमा आउट हुन अघि नेपालका लागि सन्दीप लामिछानेले २२ बलमा ८ रन बनाए । भने ललित भण्डारी ४ रन बनाउँदै नटआउट रहे ।

यस्तै नेपालका लागि ३६.४ ओभरमा सेलरको बलमा नेपालको आरिफ शेख र ३९.१ ओभरका बसन्त रेग्मी १ रनमा आउट भएका हुन् । बसन्तलाई मीकरेमले आउट गरे । आरिफले ४६ बलमा १६ रन बनाएर क्याच आउट भए ।

यसअघि रोहित कुमार पौडेल ६ रन र मध्यक्रमका ब्याटस्म्यान दिपेन्द्र सिंह ऐरीलाई १९ (१७) रनमा रिप्पोनले आउट गरे । १९.५ ओभरमा रिप्पोनको बलमा पौडेल दिपेन्द्र १५.५ ओभरमा आउट भए ।आज अन्तराष्ट्रिय क्रिकेटमा डेब्यु गर्दे रोहित विश्वकै कान्छो चौथो खेलाडी समेत बने ।  

यस्तै ओपरनर ज्ञानेन्द्र मल्ल र तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका अनिल शाह एकै ओभरका आउट भएका थिए । ज्ञानेन्द्र १३ (२४) रनमा ७.२ ओभरका र शाह ४(३) अन्तिम बलमा नेदरल्याण्डका क्लासेनले आउट गरेका थिए ।

१३ ओभरको पहिलो बलमा ओपनिङ ब्याटसम्यान सुवास खकुरेल पनि आउट भएको छ । उनी १९(३३) रन बनाउँदै आउट भए । उनी पनि क्लासेनकै बलमा आउट भए । नेदरल्याण्डका लागि क्लासेनले तीन विकेट लिए ।

आजको खेलमा शक्ति गौचन, शरद भेषावकर र करण केसी तीन खेलाडी परिवर्तन गरी सुवास खकुरेल, रोहित कुमार पौडेल र ललित भण्डारीलाई मौका दिइएको थियो ।

यो पनि पढ्नुहोस् 
दोस्रो अन्तराष्ट्रिय एकदिवसिय क्रिकेट : ब्याटिङ गर्दै नेपाल, यी तीन खेलाडीले गरे डेब्यु
दिपेन्द्रसिंह ऐरी आउट
१५ ओभरमा नेपालको ५२ रन, तीन खेलाडी आउट
नेपालको आठौं विकेट गयो
नेपालले नेदरल्याण्डविरुद्ध २०० रन कटायो

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७