प्रदीप र प्रियंका पपुलर, निता र नाजिर उत्कृष्ट, रानालाई लाइफ टाइम


१ आश्विन २०७५, सोमबार
nita gungana

काठमाडौँ,३१ भदौं। निता ढुंगाना र नाजिर हुसेन उत्कृष्ट अभिनेता अभिनेत्री घोषित भएका छन् । ‘एलजी सिने अवार्ड–२०७५’मा निता ‘पञ्चायत’ र नाजिर ‘तिमिसँग’ चलचित्र अभिनयबाट उत्कृष्ट ठहरिएका हुन् ।

आईतबार राजधानीको प्रदर्शनी मार्गस्थित सभागृहमा सिने सर्कल नेपालले आयोजना गरेको अवार्ड समारोहमा ‘तिमीसँग’ले उत्कृष्ट फिल्म अवार्ड हात पार्दा उत्कृष्ट निर्देशक भने चलचित्र ‘भुइमान्छे’बाट नवराज बुढाथोकी भए ।

gobindra 1

उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ मुख्य अतिथि र बलिउड अभिनेता गोबिन्दा विशेष अतिथि रहेको अवार्ड समारोहमा अभिनेता पुष्प खड्काले क्रिटिक्स अवार्ड हात पारे ।  दुई दर्जन विधामा अवार्ड प्रदान गरिएको समारोहमा प्रदीप खड्का र प्रियंका कार्की पपुलर अभिनेता अभिनेत्री घोषित भए ।

अवार्डमा यो बर्ष २३ विधाका उत्कृष्टलाई सम्मानित गरिएको थियो। बरिष्ठ निर्देशक किशोर रानालाई लाईफ टाइम अचिभमेन्ट अवार्ड प्रदान गरिएको थियो। अवार्ड कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुन पनि उपस्थित भएका थिए।

कुन विधामा कसले कुन अवार्ड जिते

१। उत्कृष्ट पोस्टर : शान थापार विजय वस्याल (शत्रुगते)
२।उत्कृष्ट ट्रेलर: सुरेन्द्र पौडेल (कृ)
३। उत्कृष्ट स्टन्ट: सिम्पसन तामंग (पिंजडा ब्याक अगेन)
४। पपुलर गीत: कुटुमा कुटु (२ रुपैया)
५। उत्कृष्ट भिएफएक्स: माओत्सुगु मिकामी (माइ लभ)
६। प्रशंसनिया चलचित्र: पंचायात
७।पपुलर अभिनेता: प्रदिप खड्का (लिलिबिली)
८।पपुलर अभिनेत्री: प्रियंका कार्की (छक्का पन्जा)
९।उत्कृष्ट सम्पादक:मित्र डी गुरुङ (शत्रुगते)
१०। उत्कृष्ट पार्श्व ध्वनी: एलिश कार्की (लिलिबिली)
११।उत्कृष्ट पटकथा स्शिशिर राणा, सुशील क्षत्री सुमन उप्रेतीर साकार ओझा (तिमि संग)
१२। उत्कृष्ट पार्श्व गायन पुरुष: सुगम पोख्रेल :  (भन्छु आज र म यस्तो गीत गाउछु)
१३।उत्कृष्ट पार्श्व गायन महिला : मेलिना राई (कुटुमा कुटुस् दुइ रुपैया)

१४।उत्कृष्ट अन स्क्रिन कपल : रमेश उप्रेती र दीपिका प्रसाईं
१५। उत्कृष्ट संगीतकार : अर्जुन पोखरेल, भन्छु आज
१६।उत्कृष्ट कोरियोग्राफर: कविराज गहतराज (कुटुमा कुटु)
१७। उत्कृष्ट छायाँकार: विदुर पाण्डे (भुइँमान्छे)
१८।उत्कृष्ट एक्सन निर्देशक: चन्द्र पन्त (कृ)
१९।उत्कृष्ट नायिका : नीता ढुङ्गाना (पञ्चायत)
२०।उत्कृष्ट नायक:नाजिर हुसेन (तिमि संग)

२१। उत्कृष्ट निर्देशक: नवराज बुढाथोकी, भुइँमान्छे
२२।उत्कृष्ट चलचित्र : तिमीसँग

क्रीटिक्स अवार्ड: पुष्पल खड्का
लाइफटाइम एचिभमेन्ट अवार्डः किशोर राना

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७