कंगो शान्ति मिसनमा १७ वर्षपछि नेपाल प्रहरी


१४ कार्तिक २०७५, बुधबार
Police

काठमाडौं, १४ कातिक । राष्ट्रसंघीय शान्ति मिसनअन्तर्गत नेपाल प्रहरी द्वन्द्वरत मध्यअफ्रिकी देश कंगोमा खटिने भएको छ ।

Police

राष्ट्रसंघले दुई जना नेपाल प्रहरीको अधिकृतलाई कंगोका लागि छनोट गरेको हो ।
डिएसपी सुरेश काफ्ले र इन्स्पेक्टर तुलसा खतिवडा आगामी महिना कंगो जान लागेको नेपाल प्रहरीको संयुक्त राष्ट्रसंघ शाखाका प्रमुख एसएसपी विभूतिराज पाण्डले बताए ।

यसअघि नेपाल प्रहरीका दुई जना अधिकृत मात्र शानित मिसनअन्तर्गत कंगो पुगेका थिए । सन् २००१ मा रमेशचन्द्र ठकुरी र बाबुराम गुरुङ कंगो गएका थिए । १७ वर्षपछि फेरि नेपाल प्रहरीपर्यवेक्षकका रुपमा कंगोमा खटिन लागेको समारचार नयाँ पत्रिका दैनिकमा छ ।

राष्ट्रसंघले थप प्रहरीलाई कंगो पठाइने जनाएको छ । कंगो जान लागेका दुई अधिकृतको कंगोमै राष्ट्रसंघे फ्रेन्च भाषासम्बन्धी परीक्षा लनेछ । यदि परीक्षामा उनीहरु असफल भए फर्कनुपर्नेछ । आजको नयाँ पत्रिकामा समाचार छापिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७