फरक छिन् शृङ्खला


२२ मंसिर २०७५, शनिबार
0 Shares
shrinkhala

काठमाडौं, २२ मंसिर । अहिले सान्या, चीनमा भईरहेको मिस वर्ल्डको ६८ औँ संस्करणमा सहभागी नेपाली सुन्दरी शृङ्खला हालसम्म सहभागी नेपाली सुन्दरीका दाँजोमा सफल देखिएकी छन् । 

shrinkhala

यस अर्थमा अध्ययन तथा पेसाले आर्किटेक्ट इन्जिनियर शृङ्खला अन्य नेपाली सुन्दरीहरुभन्दा फरक पनि देखिएकी छन् कि मिस नेपालकै ईतिहासमा उनले जारी मिस वल्र्ड प्रतियोगितामा विभिन्न मल्टिमिडिया अवार्ड जित्न सफल भएकी छिन् ।
मल्टिमिडिया विधामा उनले जापान, रुस, केन्या, मेक्सिकोजस्ता धेरै देशका सुन्दरीलाई पछाडि पारेकी थिइन् ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

यस्तै डिसेम्बर ३ तारिख् अर्थात यहि सोमबारकै दिन साँझ आयोजित मिस वर्ल्डको अर्को विधा व्युटी विथ ए पर्पोजका लागि सिङ्गापुर, जापान र ईटाली, रुसलगायत दर्जनौँ मुलुकका सुन्दरीहरुका दाँजोमा उनको प्रस्तुती अब्बल भएकै कारण उनी यस विद्याको बिजेताको हकदार भईन् ।

यिनै विद्याका विजेताका रुपमा शृङ्खला मिस वर्ल्डको टप ३० मा स्थान बनाउन सफल भइन् । ब्युटी विथ ए पर्पोजका लागि उनले आफ्नो गृह जिल्ला वृत्तचित्र प्रस्तुत गरेकी थिइन् । आजको गोरखापत्र दैनिकमा यो खबर छ ।

jagdamba.cement
rbbbb

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७