कीर्ते जग्गाधनी बनाउने मालपोत हाकिमसहित १६ विरुद्ध मुद्दा दायर


९ पुष २०७५, सोमबार
ciaa
Commission for the Investigation of Abuse of Authority (CIAA) building. Photo: THT

काठमाडौं, ९ पुस : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली जग्गाधनी खडा गरी जग्गा बिक्री गरेको अभियोगमा मालपोत कार्यालय चावहिलका कर्मचारीसहित १६ जनाविरुद्ध विशेष अदालतमा आज मुद्दा दायर गरेको छ ।

आयोगका प्रवक्ता रामेश्वर दङ्गालका अनुसार चन्दनकृष्ण कायस्थको नाममा रहेको बूढानीलकण्ठ नगरपालिका, साबिक विष्णु गाविस–७ को कित्ता नं ३२३,३२५ र ३२९ गरी जम्मा दुई रोपनी आठ आना जग्गा नक्कली जग्गाधनी र जग्गाधनी प्रमाणपुर्जासमेत खडा गरी बिक्री वितरण गरेको अनुसन्धान क्रममा पाइएले उनीहरुविरुद्ध मुद्दा दायर गरिएको हो ।

CIAA NEPAL

मालपोत कार्यालय चावहिलका कर्मचारीहरूको मिलेमतोमा चन्दनकृष्ण कायस्थको नाममा रहेको काठमाडौं, बुढानिलकण्ठ नगरपालिका, साविक विष्णु गाविस वडा नं.७ ग कित्ता नं. ३२३, ३२५ र ३२९ गरी जम्मा क्षेत्रफल २ रोपनी ८ आना जग्गाको नक्कली जग्गाधनी र जग्गाधनी प्रमाणपूर्जा समेत खडा गरी कार्यालयमा रहेको श्रेष्तामा समेत उनाऊ व्यक्तिको फोटो टाँस गरी गैरकानूनी तरिकाले जग्गाको हकहस्तान्तरण गरेको आरोपमा आयोगले मुद्दा दायर गरेको हो ।

आयोगले प्रमाण र कागजातहरूको अध्ययन विश्लेषण गरी हेर्दा, चन्दनकृष्ण कायस्थ भन्ने राजु थापा मगर समेतले मालपोत कार्यालय, चाबहिलका कर्मचारीहरूलाई अनुचित प्रभावमा पारी जग्गाको जग्गाधनी दर्ता श्रेस्तामा वास्तविक जग्गाधनीको फोटो उक्काई गैरकानूनी तरिकाबाट आफ्नो फोटो टाँस गरी नक्कली प्रमाणपूर्जा, नागरिकताको प्रमाणपत्र समेत खडा गरेको अनुसन्धानका क्रममा खुलेको थियो ।

malpot 1

मालपोतका कर्मचारी, कीर्ते जग्गाधनी राजु थापा मगरसमेतले गैरकानूनी रुपमा खडा गरिएका कागजातहरु समेतको आधारमा अधिकृत वारेसनामा मार्फत् पारित राजीनामाको लिखत मार्फत नक्कली जग्गाधनीको नामबाट गैरकानूनी तरिकाबाट जग्गा बिक्रीवितरण तथा खरीद गर्ने कार्यमा प्रत्यक्ष भूमिका निर्वाह गरेका थिए ।

आफू समेतलाई गैरकानूनी लाभ हुने र वास्तविक जग्गाधनीलाई गैरकानूनी हानी पुरायाउने कार्य गरेको तथा मालपोत कार्यालय, चाबहिलका राष्ट्रसेवक कर्मचारीहरूले आफ्नो पदको दुरुपयोग गरी बदनियतपूर्वक सरकारी कार्यालयमा रहेको लिखत सच्याई नागरिकको निजी सम्पत्ती उपभोग गर्ने हक र राज्यले आफ्ना नागरिकको हक अधिकारसंग सम्बन्धित सरकारी प्रमाण कागजात सुरक्षित राख्नुपर्ने दायित्वबाट बिमुख भई आफू समेतलाई गैरकानूनी लाभ एवम् प्रत्यक्ष फाइदा पुर्याउने बदनियतले भ्रष्टाचारजन्य कसुर गरेको पुष्टि हुन आएकोले उक्त कार्यमा संलग्न चावहिल मालपोत कार्यालयका प्रमुख कमलप्रसाद तिमल्सिना, मालपोत अधिकृतद्वय खगेन्द्रप्रसाद अर्याल र रामप्रसाद सुवेदी, नासु रन्जनकुमार खरेल, टाइपिष्ट नासु जमुनाकुमारी श्रेष्ठ र कार्यालय सहयोगी हरि खड्काविरुद्ध भ्रष्टाचार निवारण ऐन अनुसार कारबाहीको माग गरिएको छ ।

त्यसैगरी सानिमा बैंकका प्रबन्ध निर्देशक सुरेशकुमार थापा र ट्रेलर सनिश सापकोटा, अर्थकवच बचत तथा ऋण सहकारी संस्थाका निर्देशक नवदुर्गाप्रसाद ढुंगेल, चन्दनकृष्ण कायस्थ भन्ने राजु थापामगर, सानुभाइ भन्ने सानोभाइ श्रेष्ठ, श्रीकृष्ण बरुवाल, भूपाल मोक्तान भन्ने भूपालसिंह तामाङ, धु्रवप्रसाद भट्टराई, श्रीकृष्ण देवकोटा र प्रदीपप्रसाद गौतमविरुद्ध ६ करोड रुपैयाँ बिगो दाबी गर्दै मुद्दा दायर गरेको छ । कर्मचारीको हकमा भने बिगो कायम नगरी भ्रष्टाचार निवारण ऐन अनुसार कारबाहीको माग गरिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७