हङकङमा मनाइयो तमु फो ल्हो ल्होसार { फोटो फिचर }
हङकङ :हङकङमा तमु फो ल्हो (मृग वर्ग) ल्होसार भव्यताको साथ मनाइएको हो । बिबिध सांस्कृतिक कार्यक्रम सहित हङकङमा तमु फो ल्हो (मृग वर्ग) ल्होसार मनाइएको हो ।
प्रदेश नम्बर १ गुरुङ समाज, हङकङको आयोजनामा हङकङको मङ्की हिलमा आयोजित कार्यक्रममा गुरुङ समुदायका अगुवा लगायत बिभिन्न समुदायका अगुवाहरुको उपस्थीति रहेको थियो कार्यक्रममा कलाकार शिबदास गुरुङले नृत्य प्रस्तुत गरेका थिए ।
कार्यक्रममा सहभागी अगुवाहरुले मौलिक संस्कृतिको रक्षाको निम्ती सबै लाग्नु पर्ने बताएका थिए ।
कार्यक्रम समाजका बयोबृद्ध बुबा तारा वीर गुरुङको प्रमुख आतिथ्य र हेमप्रताप गुरुङको अध्यक्षतमा भएको थियो ।