नेपाल टेलिकमले ‘फाइभ जी’ को पूर्वाधार निर्माण गर्ने


३० पुष २०७५, सोमबार
15474807235g

काठमाडौं, पुस ३० । सरकारी स्वामित्वको नेपाल दूरसंचार कम्पनी लिमिटेडले देशभर फोरजी सेवा विस्तार नगरे पनि फाइभजी सेवाका लागि आवस्यक पूर्वाधार निर्माण गर्ने घोषणा गरेको छ।

कम्पनीको ११ औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै अध्यक्ष तथा सूचना प्रविधि तथा संचार मन्त्तालयका सचिव महेन्द्रमान गुरुङले देशभर फोरजी सेवासँगै फाइभजी सेवाका लागि आवस्यक पूर्वाधार निर्माण गरिने घोषणा गरेका हुन्।

उनले डाटा सेवाको माग बढदै गइरहेको वास्तविकतालाई मध्यनजर गरी निकट भविष्यमा नै देशैभरी चौथौ पुस्ताको मोबाइल सेव विस्तार गर्न आपूर्तिकर्ता छनौटको क्रममा रहेको बताए। त्यसै क्रममा फोरजी उपकरणलाई फाइभजीमा स्तरोन्नति गर्ने कम्पनीले लक्ष्य लिएको उनको भनाइ छ।

ग्राहककका लागि नयाँ प्रविधि र गुणस्तरीय सेवालाई शुनिश्चित गर्न कम्पनी सदैव तत्पर रहेको उनले बताए। कम्पनीले २०७४र७५ मा भ्वाइस सेवामा बजार हिस्सा ५०।९ प्रतिशत र ब्रोडब्याण्ड डाटा सेवामा बजार हिस्सा ४३।६ प्रतिशत पुर्याएको छ। ।

कम्पनीबाट सञ्चालित आयोजनाहरू तोकिएको समयमा सम्पन्न गर्ने उद्देश्यले आयोजना कार्यान्वयनको अनुगमन प्रणालीलाई प्रभावकारी बनाई तोकिएको अवधिभित्र आयोजना सम्पन्न गर्ने सम्बद्ध पक्षहरूलाई पुरष्कृत गर्ने र नियतवश ढिलाइ गर्नेलाई दण्ड जरिबाना गर्ने व्यवस्था कडाइका साथ लागू गर्ने व्यवस्था मिलाइने गुरुङले बताए। कम्पनीको सेवा विस्तार र सेवाको गुणस्तर कायम गर्न अहं भूमिका निर्वाह गर्ने आपूर्तिकर्ता, परामर्शदाता र निर्माण व्यवसायीलाई थप जिम्मेवार भई कम्पनीसँग सहकार्य गर्न अभिपे्ररित गर्न खरिद सम्झौतामा नै यथोचित व्यवस्था मिलाउने गरी प्रकृया शुरु भएको उनको भनाइ छ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७