कर्मचारीले अब अनिवार्य ‘ब्याच’ लगाउनु पर्ने


२ माघ २०७५, बुधबार
karmachari
फाइल तस्बिर ।

भैरहवा, २ माघ । जिल्ला प्रशासन कार्यालय रुपन्देहीलेका कर्मचारीलेअब अनिवार्य रूपमा ‘ब्याच’ नाम प्लेट लगाउनु पर्ने भएको छ ।

karmachari
फाइल तस्बिर ।

सेवाग्राहीले सहजरुपमा कर्मचारीको पहिचान गर्न सकुन् भन्ने उद्देश्यले कर्मचारीलाई व्याच लगाउनु पर्ने व्यवस्था गरिएको जनाइएको छ । प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानामगरले माघमा कर्मचारीहरूलाई पोसाकको अतिरिक्त अनिवार्य रूपमा छातीमा नामसहितको ब्याच लगाएर सेवा दिने व्यवस्था कायम गरेका छन् ।

‘कर्मचारी पहिचानका लागि परिचयपत्र त हुन्छ तर ब्याच हुँदा निकै सहज रूपमा पहिचान हुने हुँदा हामीले यो कामको शुरु गरेका हौं’, प्रजिअ रानामगरले भने । सुशासनलाई प्रबन्धन गर्ने विषयमा महत्वपूर्ण हुनाले यसको शुरुवात गरेको उनले बताए ।

ब्याचमा उल्लिखित विवरणले कर्मचारीको सहज परिचय दिने हुदाँ कोही कर्मचारीको कामबाट सेवाग्राही असन्तुष्ट भए गुनासो गर्न सहज हुने उनले बताए । अभियानअन्तर्गत यसअघि प्रत्येक दिन जारी भएका नागरिकता संख्या, सम्बन्धित व्यक्तिको नाम र ठेगाना वेभसाइटमा राख्ने र नागरिकताको अनुसूची फारम स्क्यान गरेर कम्पुयटर राख्ने कामको शुरुवात भएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७