२०७५ चैत २ गते शनिबारको तपाईको राशिफल


२ चैत्र २०७५, शनिबार

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
कार्यसिद्धि हुने अवसर मिल्ने छ । अतिथीको सेवा होला । मुद्धा मामिलामा विजयी प्राप्त हुनेछ । अध्ययन अध्यापनमा मन जानेछ ।

rasifal

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
शुभकार्यको चर्चा चल्ने छ । नयाँ कार्यको थालनी होला । साथीभाइको भेटघाटले मन प्रफुल्ल रहला । बोलीको प्रभाव बढेर जानेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
श्रमको उचित मूल्याङ्कन हुनेछ । कार्य सम्पादनमा सहजता मिल्ने छ । मनोरञ्जनमा सहभागी भइएला । आफन्तजनसँग भेटघाट होला ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
छोटो दूरीको लाभदायक यात्रा रहला । नयाँ व्यक्तिसँग भेटघाट हुनेछ । पठनपाठनमा प्रगति हुनेछ । सामाजिक कार्यमा मन जानेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
राजनैतिक र सामाजिक प्रतिष्ठा कायम राख्न लगानी गर्ने समय आएको छ । बन्धुबान्धवको सहयोग लिन सकिने छ । अचल सम्पती जोड्ने योग रहेको छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
कला, साहित्य तथा संगीतमा रुचि बढ्ने छ । व्यापार व्यसायबाट लाभ मिल्ने छ । मान प्रतिष्ठामा बृद्धि होला । टाढाका आफन्तजनसँग भेटघाट र भलाकुसारी होला ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
आफन्तको सहयोग मिल्ने छ । वित्तीय संस्थाबाट सहयोग पाइने छ । शुभकार्यको चर्चा चल्ने छ । वैदेशिक यात्राको प्रस्ताव आउन सक्ला ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
सोचेभन्दा बढी मेहनत गरेर थोरैमात्रै सफलता प्राप्त गर्न सकिएला । मनमा दुविधा उत्पन्न हुनेछ । स्वास्थ्यमा समस्या आउँला । नजिकका आफन्तले नै धोका दिन सक्नेछन् ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
धर्म, कर्म तथा समाज सेवामा मन लाग्ने छ । रोकिएको धन हात पर्ला । मिष्ठान्न भोजन प्राप्ति हुनेछ । मान प्रतिष्ठा बढेर जानेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
गरेका काममा ढिलासुस्ती हुनेछ । यात्रामा मालसामान हराउन सक्छ । घरायसी झमेलामा परिएला । भविष्यको योजनाहरु बन्ने छन् ।

मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
वित्तीय संस्थाबाट सहयोग पाइने छ । नयाँ काम वा रोजगार पाइने छ । वैदेशिक क्षेत्रको काम अघि बढ्ने छ । शुभकार्यको थालनी होला ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
आफूलाई कमजोर भएको अनुभूति हुनेछ । बाटो काट्दा वा यात्रा गर्दा सचेत हुनुपर्छ । सरकारी निकाएको भय रहला ।

ज्यो.प. नारायणप्रसाद दुलाल

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७