ओली–प्रचण्डबीचको सहमति अनुमोदन गर्न बालुवाटारमा वाम नेताको बैठक सुरु


७ फाल्गुन २०७४, सोमबार
bam leader uml and moist

काठमाडौं, ७ फागुन । प्रधानमन्त्री निवास बालुवाटारमा एमाले र माओवादी नेताहरु सम्मिलित पार्टी एकता संयोजन समितिको बैठक सुरु भएको छ । केपी ओली र प्रचण्डवीच दुई दिनसम्म चलेको छलफललाई अनुमोदन गर्नका लागि एकता संयोजन समितिको बैठक बसेको हो ।bam leader uml and moist

बैठकमा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीसँगै एकापट्टी लहरमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ एमाले नेता झलनाथ खनाल र माओवादी नेता नारायणकाजी श्रेष्ठ छन् भने अर्को तर्फ एमाले नेताहरु माधवकुमार नेपाल र वामदेव गौतमसँगै माओवादी नेता रामबहादुर थापा बादल छन्।

बैठकले पार्टी एकतालाई पूर्णता दिनका लागि कार्यदल गठन गर्ने नेताहरुले बताएका छन् । बैठक साँझ ७ बजेदेखि बस्ने भनिए पनि राति ८ बज्नलाग्दा सुरु भएको छ ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष प्रचण्डवीच ५ वर्ष आलोपालो प्रंधानमन्त्री चलाउने भद्र सहमति भएको छ । तर, पार्टी एकताका गर्दा यो सहमतिलाई ‘डकुमेन्टेसन’ नगर्न दुबै नेता राजी भएका छन् ।

प्रधानमन्त्री आलोपालो चलाउने सार्वजनिक घोषणा गर्दा सरकार कमजोर हुने र कर्मचारीहरुले पनि सरकारलाई नटेर्ने भएकाले यो सहमतिलाई ‘जेन्टलमेन एग्रिमेन्ट’ का रुपमा मात्रै लिइने शीर्ष नेतृत्वमा सहमति भएको उच्च स्रोतले बताएकाे छ ।

 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७